राष्ट्रिय सभामा निर्वाचित सांसदको आज सपथ, अर्थमन्त्रीमा खतिवडाले पुनः सपथ लिने

काठमाडौं – राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित सांसदहरुको सपथ आज हुँदैछ ।
गत माघ ९ गते सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित राष्ट्रिय सभा सदस्यहरुले आज बिहान ११ बजे शपथ लिन लागेका हुन् । राष्ट्रिय सभाको निर्वाचन भएका १८ सिट मध्ये १६ स्थानमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विजयी भएको थियो । यस्तै प्रदेश २ बाट २ सिटमा मधेश केन्द्रीत दल राष्ट्रिय जनता पार्टी नेपालले जित हात पारेको थियो । प्रदेश २ मा नेकपा र राजपाले तालमेल गरेका थिए ।

निर्वाचनमा प्रदेश १ बाट महिला तर्फ इन्दिरा देवी गौतम, दलित तर्फ गोपीबहादुर सार्की आछामी र अन्य तर्फ देबेन्द्र दाहाल विजयी हुनुभएको थियो । प्रदेश २ मा महिला तर्फ तुलसा कुमारी दाहाल र दलित तर्फ राधेश्याम पासवान विजयी विजयी हुनुभएको थियो । यस्तै अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यकतर्फ शेखरकुमार सिंह र अन्यतर्फ मृगेन्द्रकुमार सिंह यादव राजपाबाट विजयी विजयी हुनुभएको थियो ।

यस्तै बागमती प्रदेशबाट महिला तर्फ गंगाकुमारी वेलवासे, अन्य तर्फ बेदुराम भुसााल विजयी विजयी हुनुभएको थियो । गण्डकी प्रदेशबाट महिला तर्फ भगवती न्यौपाने, अन्यतर्फ नारायण काजी श्रेष्ठ विजयी हुनुभएको थियो । यस्तै प्रदेश ५ बाट महिलातर्फ बिमला घिमिरे, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक तर्फबाट जग प्रसाद शर्मा, अन्यबाट गोपाल भटृराई निर्वाचित हुनुभएको थियो । त्यसैगरि कर्णाली प्रदेशबाट महिला तर्फ सुमित्रा वि.सी. र अन्य तर्फ माया प्रसाद शर्मा विजयी हुनुभएको थियो ।

यसैबीच अर्थमन्त्रीबाट हिजो राजिनामा दिनुभएका डा. युवराज खतिवडाले पुनः अर्थमन्त्रीका रुपमा आज सपथ ग्रहण गर्नुहुने भएको छ । संविधानको प्रावधान अनुसार संघीय संसदको सदस्य नरहेको व्यक्ति पनि ६ महिना मन्त्री हुन पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार खतिवडा पुनः मन्त्री हुन लाग्नु भएको हो ।

सिफारिस

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ। वर्षाले भिजेको खेत, हिलोमा खुट्टा गाडेर धान रोपिरहेका किसान, र पृष्ठभूमिमा गुन्जिरहेको असारे भाकाले नेपाली...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय (T20I) सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार डन्डीस्थित टिटवुड मैदानमा भएको तेस्रो खेलमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०...

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक...

 यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

काठमाडौँ - नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली...

ब्राइट करियर ट्रेनिङ सेन्टरद्वारा बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा इसिडी तालिम 

बर्दघाट, नवलपरासी — बर्दघाटस्थित ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा....

धेरै पढिएको