आसम डाउन टाउन युनिभर्सिटीले घोषणा गर्‍यो पाँच करोडको छात्रवृति, नेपालीले पनि भाग लिने पाउने

भारतको गुवाहटीमा अवस्थित डाउन टाउन युनिभर्सिटीले पहिलो पटक नेपाल भारत र बङ्गलादेशका विद्यार्थीहरूलाई स्नातक तहमा छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

यी देशका विद्यार्थीहरूले अनलाईनबाट नै छात्रवृत्तिमा सहभागी हुनको लागि निवेदन दिन सक्छन् । युनिभर्सिटीले पाँच करोड मूल्य बराबरको छात्रवृत्ति घोषणा गरेको हो ।

नेपालका लागि अनलाइन छात्रवृत्ति परीक्षामा सहभागी हुनको लागि श्रावण ११ गतेसम्म दर्ता हुनुपर्ने हुन्छ भने अनलाइन परीक्षा श्रावण १३ को लागि तोकिएको छ । https://adtu.in/scholarship/ बाट विद्यार्थीहरूले छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् ।

अहिले उक्त युनिभर्सिटीमा नेपाल, भुटान र बङ्गलादेशका सयौँ विद्यार्थीहरू अध्ययनरत छन्। यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत, शीर्ष १०० जना विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ भने उक्त छात्रवृत्ति विद्यार्थीहरूको पाठ्यक्रम पूरा नभएसम्मका लागि जारी रहन्छ ।

छोटो अवधिमा, यस युनिभर्सिटीले विभिन्न विषयहरूमा पिएचडी प्रदान गर्दै, शिक्षा र अनुसन्धानको अग्रणी केन्द्रको रूपमा उभिएको छ। भारतका विभिन्न राज्य लगायत नेपाल, भुटान, बङ्गलादेश, नाइजेरिया र रुवाण्डा लगायतका विद्यार्थीहरूले पनि उच्च अध्ययनका लागि यस विश्वविद्यालय रोज्ने गरेका छन्।

विश्वविद्यालयले वार्षिक रूपमा रोजगार मेला समेत आयोजना गर्ने गरेको छ । उक्त मेलामा नाम चलेका विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागी हुन्छ ।

सिफारिस

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका बेला सांसद हर्क साम्पाङ संसद भवनबाट बाहिरिएका छन्। अचानक आवश्यक काम परेका कारण आफू संसदबाट बाहिरिनुपरेको...

भर्खरै

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

शान्ति सैनिक दिवसमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं - राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम...

धेरै पढिएको