आसम डाउन टाउन युनिभर्सिटीले घोषणा गर्‍यो पाँच करोडको छात्रवृति, नेपालीले पनि भाग लिने पाउने

भारतको गुवाहटीमा अवस्थित डाउन टाउन युनिभर्सिटीले पहिलो पटक नेपाल भारत र बङ्गलादेशका विद्यार्थीहरूलाई स्नातक तहमा छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

यी देशका विद्यार्थीहरूले अनलाईनबाट नै छात्रवृत्तिमा सहभागी हुनको लागि निवेदन दिन सक्छन् । युनिभर्सिटीले पाँच करोड मूल्य बराबरको छात्रवृत्ति घोषणा गरेको हो ।

नेपालका लागि अनलाइन छात्रवृत्ति परीक्षामा सहभागी हुनको लागि श्रावण ११ गतेसम्म दर्ता हुनुपर्ने हुन्छ भने अनलाइन परीक्षा श्रावण १३ को लागि तोकिएको छ । https://adtu.in/scholarship/ बाट विद्यार्थीहरूले छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् ।

अहिले उक्त युनिभर्सिटीमा नेपाल, भुटान र बङ्गलादेशका सयौँ विद्यार्थीहरू अध्ययनरत छन्। यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत, शीर्ष १०० जना विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ भने उक्त छात्रवृत्ति विद्यार्थीहरूको पाठ्यक्रम पूरा नभएसम्मका लागि जारी रहन्छ ।

छोटो अवधिमा, यस युनिभर्सिटीले विभिन्न विषयहरूमा पिएचडी प्रदान गर्दै, शिक्षा र अनुसन्धानको अग्रणी केन्द्रको रूपमा उभिएको छ। भारतका विभिन्न राज्य लगायत नेपाल, भुटान, बङ्गलादेश, नाइजेरिया र रुवाण्डा लगायतका विद्यार्थीहरूले पनि उच्च अध्ययनका लागि यस विश्वविद्यालय रोज्ने गरेका छन्।

विश्वविद्यालयले वार्षिक रूपमा रोजगार मेला समेत आयोजना गर्ने गरेको छ । उक्त मेलामा नाम चलेका विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागी हुन्छ ।

सिफारिस

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने "मोबाइलबाट लघु चलचित्र निर्माण" कार्यशाला...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

धेरै पढिएको