काठमाडौं – यसपालीको फागुमा होली नखेल्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई आग्रह गरेको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भन्दै प्रशासनले होली नखेल्न ,भिडभाडमा नजान तथा भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समिति बैठकले कोरोना भाइरस रोकथाम र जोखिमबाट बच्न विभिन्न उपाय अपनाउने तथा सम्बन्धित निकायहरुले आवस्यक जिम्मेबारी निर्वाह गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होलीलगायतका पर्वमा भेला नहुन तथा सम्मेलनमा समेत सहभागी नहुन सबैलाई अनुरोध गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले बताए ।