आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ तीन दिनको मौसम

आज बिहानैदेखि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही दक्षिण रहेकाले सक्रिय हुन नसकेको हो । पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सामान्य सतर्कता अपनाउन विभागको आग्रह छ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको मौसम
२०७९ साउन ७ गते (शनिबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ साउन ८ गते (आइतबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ साउन ९ गते (सोमबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

सिफारिस

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

धेरै पढिएको