जब हतियारसहित प्रहरी अचानक ताला फोडेर घर भित्र प्रवेश गरे …

सिनामंगलस्थित पवितादेवी अर्यालको घरलाई हतियारसहितका केही अपरिचितले अचानक घेरा हालेर जबर्जस्ती भित्र प्रवेश गरे।

बन्द कोठाको ताल्चा फोरे। अनि खानतलासी लिन सुरु गरे । अर्याल अवरोधमा उत्रिएपछि खानतलासी लिने प्रहरी कर्मचारी रहेको खुल्यो।

आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेको समाचार अनुसार विनाकारण प्रहरीको खानतलासीबाट आक्रोशित अर्यालले महानगरीय प्रहरी वृत्त गौशालामा फोन गरिन्।

तर, गौशाला प्रहरीले खानतलासीका लागि कुनै पनि टोली नखटिएको जानकारी पाएपछि अर्याल झन् आश्चर्यमा परिन् । घटनास्थल निरीक्षणका लागि गौशाला वृत्तबाट प्रहरी टोली पुग्यो । अनि पत्ता लाग्यो– खानतलासी लिने गौशाला वृत्तको नभई महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी रहेछन्।

सिनामंगल गौशाला वृत्तको क्षेत्राधिकारभित्र पर्छ । तर, स्वयम्भूका प्रहरी टोली खानतलासी लिन सिनामंगल कसरी पुग्यो? घटना रिपोर्टिङ हुँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुग्यो ।

अनुसन्धानका लागि कार्यालयले एसपी रेवती ढकालको नेतृत्वमा पाँचजना प्रहरी टोली खटायो । टोलीले निष्कर्ष निकाल्यो– खानतलासीमा खटिएका प्रहरी टोली व्यक्तिगत स्वार्थबाट प्रेरित भई अर्यालको घरमा पुगेका थिए।

उनीहरूले स्वयम्भू वृत्त प्रमुख डिएसपी लालध्वज सुवेदीलाई समेत गुमराहमा राखेका थिए । घटनामा संलग्न वृत्तका तीन सइ र तीन प्रहरी जवानलाई कारबाही भइसकेको छ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले ठमेल क्षेत्रबाट एक लुटेरालाई रंगेहात पक्राउ गर्‍यो । वृत्त कार्यालय लगेपछि उसको शरीर खनतलासी भयो । यसक्रममा पर्सबाट १० हजार रुपैयाँ बरामद भयो । खल्तीमा लुटिएको सुन पनि फेला पर्‍यो । मुचुल्का उठाउन वृत्तका एक हवल्दार र प्रहरी जवान खटिए।

मुद्दा अघि बढेर जब जिल्ला प्रशासन कार्यालय पुग्यो, त्यसपछि पो थाहा भयो– लुटेराबाट बरामद १० हजार रुपैयाँ त दसी प्रमाणबाटै गायब छ । मुचुल्का उठाउने हवल्दार र प्रहरी जवानले लुटेराबाट बरामदमध्ये सुनको मात्रै मुचुल्का उठाएको अनुसन्धानपछि खुल्यो । बरामद १० हजार दुईजनाले बाँडेर लिएका रहेछन्। उनीहरुमाथि पनि कारबाही भयो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट गठित ‘परफर्मेन्स अडिट टिम’ले मातहतका प्रहरी कार्यालय अनुगमनपछि आचरणविपरीत गतिविधिमा संलग्न प्रहरी कर्मचारीविरुद्ध गरेको कारबाहीका केही उदाहरण हुन् यी।

२२ पुसबाट परिचालित टिमले दुई महिनाको अवधिमा आचरणविपरीतका गतिविधिमा संलग्न ६५ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । कारबाही गरिनेमा डिएसपीदेखि सिपाहीसम्मका प्रहरी कर्मचारी छन् । जसमध्ये चार सइ, एक हवल्दार र चार प्रहरी जवानसहित नौजनालाई नसिहत दिइएको छ ।

डिएसपीसहित विभिन्न तहका १८ जना प्रहरी कर्मचारीलाई चेतावनी दिइएको छ। ड्युटीमा नखटिएका ३२ प्रहरी कर्मचारीलाई अन्य कार्यालयमा सरुवा गरिएको छ।

ड्युटी आवरमै मादक पदार्थ सेवन गर्ने विभिन्न तहका ६ जना प्रहरी कर्मचारीलाई रिह्याबिटेसन सेन्टरमा पठाइएको छ।

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको