सशस्त्रमा १६ एसएसपीहरुको बढुवा, देउवाका पिएका ज्वाँइको छलाङ्ग (सूचीसहित)

सशस्त्र प्रहरीका १६ जना अधिकृतहरूलाई वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई बढुवा सिफारिस गरिएको हो।

उक्त सिफारिस चित्त नबुझे सात दिनभित्र उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन आग्रह गरेको छ। बढुवा समितिको बैठकले सशस्त्रमा १४ कामु एसएसपीलाई कन्फर्म गर्ने निर्णय गर्नुका साथै अन्य दुई जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो ।

गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षमा गृहमन्त्रालयले गठन गरेको बढुवा समितिमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सदस्य र एआईजी नारायणदत्त पौडेल सदस्य सचिव छन् ।

एसएसपी प्रविण कंडेल एक नम्बरमा बढुवा सिफारिस भएका छन् । उनि ०५५ सालमा असईमा भर्ना भएका थिए । अर्को व्याचबाट प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनी ज्वांई कामु एसएसपी दिपेन्द्र कुंवरलाई ११ नम्बरबाट दुई नम्बरमा ल्याइएको छ । उनी आफ्नो व्याचमा एक नम्बरमा बढुवा भएका छन् ।

तेस्रोमा महानिरीक्षकको सचिवालयमा रहेका विष्णु भट्ट बढुवा भएका छन् । उनि यसअघि वरियतामा एक नम्बरमा थिए ।

बढुवामा दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल तिउसिना,निरकृष्ण अधिकारी, सुधिरजंग थापा,किरण बस्नेत र माधव पौडेल,उद्धव बहादुर न्यौपाने,राजेन्द्र खड्का र नरेन्द्र सेन बढुवा भएका छन् । त्यसैगरी एसपीबाट किरण ढुंगाना र शंकर खनाल एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको