काठमाडौँ – देशभर शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी भूभागका केही स्थानहरुका साथै मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
अहिले बिहान पनि देशको मध्य तथा पूर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंसिक बदली रहेको मौसमविदले उल्लेख गरेका छन् ।