प्रहरी नै छैनन् कोरोनाबारे सचेत, ड्युटीमा खटिदा मास्कसमेत प्रयोग गर्दैनन्

काठमाडौं – सबैजसो सरकारी कार्यालयहरूले कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतता अपनाइरहेको बेला प्रहरी कार्यालयहरूमा भने यसबारे कुनै पूर्वतयारी तथा सचेतताका कार्यक्रम गरिएका छैनन्। सेवाग्राहीको भिड लाग्ने प्रहरी कार्यालयहरूमा कोरोना भाइरसबारे सुरक्षा र सचेतनाको स्तर कमजोर देखिएकसिभिल प्रहरी, ट्राफिक प्रहरी र ड्युटीमा खटिएका प्रहरीले मास्कसमेत प्रयोग गरेको देखिँदैन।

ड्युटीमा खटिने तल्लो दर्जाका प्रहरीहरूलाई कोरोनाबारे आवश्यक सचेतना कार्यक्रम कुनै पनि प्रहरी कार्यालयले आयोजना गरेका छैनन्। बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले प्रेस विज्ञप्ति जारी गर्दै भिडभाडमा उपस्थित नहुन, अत्यावश्यक कामकाजमा मात्रै उपस्थित हुन्, सभा–समारोह रोक्न, साबुन–पानीले हात धुनलगायत विषयमा ध्यान दिन आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयले भने आफ्ना मातहतका प्रहरी कार्यालयहरूमा यसबारेमा औपचारिक वा अनौपचारिक जानकारी गराएको छैन। प्रहरी कार्यालयहरूले मास्कसमेत जोही गर्न सकेका छैनन्। महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरमा सबैभन्दा बढी सेवाग्राहीको भिड लाग्छ। यी कार्यालयहरूमा सबैभन्दा बढी वैदेशिक रोजगारबाट फर्किएका पीडितहरू न्याय माग्न आइपुग्छन्। तर सेवाग्राहीको घुइँचो लाग्ने प्रहरी कार्यालयहरूमा कोरोना भाइरस संक्रमणबाट रोक्न कुनै तयारी सुरु भएको छैन।

मातहतका कार्यालयहरूले भने प्रहरी प्रधान कार्यालयबाटै औपचारिक पत्र वा आदेश नआइकन सचेतताका कार्यक्रम नगरिएको जानकारी दिए। महानगरीय अपराध महाशाखाका प्रमुख सहकुलबहादुर थापाले प्रहरी प्रधान कार्यालयबाट औपचारिक आदेश नआएकाले कोरोना भाइरसबारे जनचेतनामुलक कार्यक्रम नगरिएको जानकारी दिए। ‘कार्यालयभित्रका कर्मचारीलाई सचेत रहन आग्रह गरेका छौं, त्यस्तो बाहिर कार्यक्रम गर्नलाई अनुमति चाहिन्छ,’ उनले भने। उनका अनुसार प्रधान कार्यालयले यसबारेमा तयारी नगर्दा ड्युटीमा खटिएका प्रहरीहरूलाई मास्कसमेत वितरण गर्न सकिएको छैन। (अन्नपूर्ण पोष्ट्बाट)

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको