एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हामफाले

काठमाडौँ – विवाह गरेको केही समय नबित्दै नुवाकोटमा एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हामफालेका छन् । पारिवारिक विवादलाई लिएर विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षिय सञ्जु खाती सँगै आत्महत्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हामफालेका हुन् ।

त्रिशुली नदी किनारमै घर भएका उनीहरुले घरको छतबाट एकैपटक हामफाल्दा श्रीमती सञ्जुको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमान् मौशमलाई घटना लगत्तै घाईते अवस्थामा प्रहरीले उद्धार गरेको थियो । छिमेकीहरुले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हाल घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने मृतकको पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक अवि नारायण काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार जिवित उद्धार गरिएका श्रीमान् मौशमलाई अस्पतालमै प्रहरीकै नियन्त्रण र निगरानीमा उपचारमा राखिएको छ ।

छिमेकी र स्थानीयवासीले बताए अनुसार पारिवारिक विवादका कारण दुवैले आत्महत्याको प्रयास गरेको भनिए पनि यसको खास कारण भने खुल्न सकेको छैन । तर, यसबारे थप अध्ययन भइरहेको मुद्दा शाखा प्रमुख विष्णु फुँयालले जानकारी दिएका छन् । यी दुवैको ६ महिनाअघि मात्रै विवाह भएको पारिवारिक श्रोतले जनाएको छ । (गोरखापत्र दैनिकबाट)

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको