आयोगमा दर्ता भयो वामदेवको नयाँ पार्टी , चुनाव चिह्न के ?

वामदेव गौतमको संयोजगत्वमा घोषणा भएको नेकपा (एकता राष्ट्रिय अभियान) दल निर्वाचन आयोगमा दर्ता भएको छ।

गत १४ असारमा राजधानीमा पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको सो दलको दर्ता प्रक्रिया सम्पन्न भएको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए।

दल दर्ताका लागि पार्टीका केन्द्रीय सदस्यहरु सोमबार दिउँसो आयोग पुगेका थिए। उनीहरुले आयोगमा पुगेर सनाखत गरेको पाण्डेले  बताए।

दलको नाम नेकपा (एकता राष्ट्रिय अभियान) र चुनाव चिह्न ‘धानको बाला’ राखिएको छ। चन्द्र आकारको गोलाकारभित्र झुलेको धानको बाला राखिएको उनले बताए।

‘आज वा भोलि निर्वाचन आयोगले प्रमाणपत्र दिन्छ होला,’ पाण्डेले भने, ‘हामीले आवश्यक प्रक्रिया सबै सम्पन्न गरेका छौं।’

सुरुमा गुलाबको रुख चुनाव चिह्न मागेर आयोगमा दल दर्ता गराइएको थियो। उक्त चिह्न अर्कै दलले प्राप्त गरिसकेको भेटिएपछि ‘धानको बाला’ रोजिएको हो।

दल दर्ता गरेर अघि बढेका वामदेव पछिल्लो समय नेपालका वामपन्थी दलहरुलाई एकीकृत गर्ने अभियानमा होमिएका छन्।

उनले पार्टी घोषणा गरेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग भेटघाट बाक्लो बनाएका छन्।

सिफारिस

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन जारी गरेको हो। सेनाको विभिन्न पृतना, गण तथा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको बताएका छन्। खड्का ल्यान्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ।मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन...

मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं - २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार...

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि...

धेरै पढिएको