काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा पूर्व मन्त्री गंगालाल तुलाधर गृहमन्त्री बालकृष्ण खाँणको विपद् विज्ञमा नियुक्त भएका छन् ।
पूर्वमन्त्री समेत रहेका तुलाधरले मर्यादालाई वेवास्ता गर्दै गृहमन्त्रालय अन्तर्गतको विपद् ब्यवस्थापन प्राधिकरणको विज्ञ विपद् ब्यवस्थापन विज्ञको नियुक्ती लिएका हुन् ।
उपसचिवभन्दा माथिल्लो पदमा नियुक्ति वा मनोनयन गर्नुपर्दा मन्त्रिपरिषदले गर्नुंपर्ने विद्यमान ब्यवस्था छ । तर तुलाधरको नियुक्ति मन्त्रिपरिषदले गरेको भए पनि गुपचुप राखिएको छ ।
मन्त्रिपरिषदले गरेको निर्णयलाई खुसुक्क कार्यान्वयन गरेको गृहमन्त्रालयको बेबसाइटमा समेत उनको नाम राखिएको छैन । पूर्व शिक्षामन्त्री समेत रहेका तुलाधर नेकपा (एकीकृत समाजवादी)को प्रमुख नेताहरु मध्येका एक हुन् ।
उपसचिवभन्दा माथिल्लो पदमा नियुक्ति वा मनोनयन गर्नुपर्दा मन्त्रिपरिषदले गर्नुंपर्ने विद्यमान ब्यवस्था छ । तर तुलाधरको नियुक्ति मन्त्रिपरिषदले गरेको भए पनि गुपचुप राखिएको छ । प्रवक्ताले समेत उनी नियुक्ति भएको जानकारी दिन आवश्यक ठानेनन् । उनको नियुक्तिको बारेमा पार्टीका शीर्षनेताबाहेक अरु कसैलाई पनि जानकारी छैन ।
मन्त्रिपरिषदले गरेको निर्णयलाई खुसुक्क कार्यान्वयन गरेको गृहमन्त्रालयको बेबसाइटमा समेत उनको नाम कहीँकतै भेटिंदैन । गृहसचिवभन्दा माथिल्लो तहको तलवसुविधा खाने गरेका तुलाधरलाई विपद ब्यवस्थापन प्राधिकरण र गृहकै बिपत ब्यवस्थापन महाशाखाका अधिकारीले समेत चिन्दैनन् ।
विज्ञमा नियुक्ति हुनुअघि बिपद ब्यवस्थापनका लागि सरकारले यो गर्नपर्छ, त्यो गर्नुपर्छ भनेर अर्ति उपदेश दिएर कुर्लिने तुलाधर नियुक्ति पाएपछि भने सार्वजनिक फोरम र मन्त्रालयका तत्सम्बन्धी कार्यक्रममा भाग लिएको र सुझाव दिएको कहीँकतै भेटिंदैन ।
पार्टीका उपमहासचिव र शिक्षामन्त्री समेत भइसकेका तुलाधर सरकारी सुविधा हत्याउनकै लागि मात्र उनको नियुक्ति भएको जस्तो देखिन्छ । गृहले उनको क्षमताको न त उपयोग गरेको छ न त तुलाधरले आफ्नो विज्ञता सावित गर्न सकेका छन् ? पुरानो गृहमन्त्रालयको भवनमा रहेको गृहसचिव बस्ने कार्यकक्षको बाहिर उनको नेमप्लेट देखिन्छ ।
तर त्यो कार्यकक्षमा तुलाधर न त कहिल्यै भेटिन्छ न त उनको सचिवालयका कर्मचारी नै । बोर्डमात्रै झुन्ड्याइएको उक्त कार्यकक्षमा तुलाधर गएको देख्नेहरु गृहमन्त्रालयमा भेटिन गाह्रो छ । राजनीतिक दलको पदाधिकारीमा यथावत रहेको ब्यक्ति सरकारी नियुक्तिका लागि योग्य हुँदैन । तर पार्टीको उपमहासचिव भए पनि तुलाधरका हकमा भने नियम लागू हुनसकेको छैन ।
गृहमन्त्री बालकृष्ण खाणले तुलाधरलाई मात्र होइन, रोजगारी दिनकै लागि पूर्वसहसचिव सुनिल खनाललाई पनि विज्ञ सल्लाहकार राखेका छन् । एकातिर तुलाधर अर्कातिर खनाल खाणका सल्लाहकार छन् । तर खाणले दुवैलाई सँगै राखेर सल्लाह लिएको भने गृहसचिव टेकनारायण पाण्डे र उनका निजी सचिव नरेन्द्र केसीलाई समेत आजसम्म जानकारी नभएको चर्चा गृहमा हुने गरेको छ ।
