विजयकुमार गच्छदारलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश

 

काठमाडौं – विशेष अदालत काठमाडौंले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
पूर्वउपप्रधानमन्त्री गच्छदारलाई ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन म्याद जारी गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो र ८ देखि १० वर्ष कैद सजांय माग दाबी गरेर विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । अख्तियारले ललिता निवास प्रकरणमा प्रतिवादी बनाएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ । पन्त र बस्न्यातले सचिव हुँदा भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकद्धय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेष्ठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुंगानालगायतका नाममा म्याद जारी गरिसकेको छ ।

अख्तियारले गत माघ २२ गते पूर्वउपप्रधानमन्त्री गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । उनीहरू मध्ये ७४ जनाको नाममा म्याद जारी भएको विशेष अदालतका उपरजिस्ट्रर इन्द्रकुमार खड्काले जानकारी दिए ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको