नेपालका पहिलो कोरोना संक्रमित भन्छन्ः घरमै यसरी उपचार गरेर स्वस्थ भएँ

नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन्।

अरू बिरामी अस्पतालबाट स्वस्थ भएर घर फर्किन्छन्, उनी भने घरमै स्वस्थ भएर अस्पताल फर्किएका छन्।

स्वास्थ्य मन्त्रालयले बिरामीको परिचय गोप्य राख्ने चाहना प्रकट गर्दै उनी अहिले आफ्नो काममा फर्किसकेको समेत जानकारी दिएपछि बिरामीलाई नै भेटेर कुरा गर्दा उनले भने, ‘हो, परीक्षणमा मलाई पोजेटिभ देखाइएको थियो, तर अस्पतालमा मैले राम्रो उपचार पाइनँ। आफ्नै पहलमा उपचार गरें, अहिले परीक्षण गर्दा कोरोना भाइरस नभएको रिपोर्ट आएको छ।’ यो खबर आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छन्।

उनका अनुसार चीनबाट काठमाडौं हुँदै नेपालगन्जसम्मको यात्रा पूरा गरी घर पुग्दा ज्वरो आयो। तत्काल नेपालगन्जबाट पुनः उनी काठमाडौं फर्के र सरकारको एक मात्र सरुवा रोग अस्पताल टेकु पुगे। समान्य बिरामीसरह दुई घण्टा लाइन बसेर ल्याब परीक्षण गराए।

‘ल्याब परीक्षणको रिपोर्ट आउन दुई दिनदेखि तीन दिन लाग्ने भएकाले उनलाई टेकु अस्पतालको विशेष कक्षमै भर्ना गरियो। ‘तर म अस्पतालको वातावरण देखेर निराश भएँ र अस्पताल छाडें। अस्पताल छाडेको दोस्रो दिन मेरो रिपोर्ट आयो र अस्पतालले फोन गरेर बोलायो। अस्पताल पुग्दा कोरोना भाइरस भएको रिपोर्ट आएछ, म आत्तिएँ।’

अस्पतालले अब एक्लै छुट्टै कोठामा बसेर उपचार गराउनुपर्ने जानकारी गरायो। ‘मेरा लागि अस्पतालमा बस्नु जेल जीवन बिताएजत्तिकै कठिन थियो,’ उनले सुनाए।

उनले अस्पताल छाडे। अस्पताल प्रशासनले पनि लाचारी देखायो। उनले डाक्टरहरू पनि रोगसँग डराएको पाए। र, आफ्नै जोखिममा आफैं उपचार गर्ने निर्णय सुनाउँदै उनी घर फर्के।

‘माघ २३ गते अस्पतालबाट डिस्चार्ज भएर घरमै बसी आफ्नो स्वास्थ्यको ख्याल आफैं गरें,’ उनले बताए।

एक सातापछि उनी फेरि परीक्षणका लागि अस्पताल पुगे। उनले भने, ‘मेरो र्‍यालको पुनः परीक्षण गरियो। रिपोर्ट नेगेटिभ आयो। अस्पतालले अझै क्वारेन्टाइनमा बस्नुपर्छ भनेको थियो। तर मैले मानिनँ।’

कोरोना भाइरसको सुरुकै अवस्थामा पहिचान भई उपचार गरे घरमै पनि निको पार्न सकिने उनको अनुभव छ। उनले घरमा विशेषतः तातो सुप, तातोपानी, जाउलोजस्ता खानेकुरालाई नियममितता दिए। त्यसैका कारण आफू निको भएको उनको भनाइ छ। ‘पानीलाई नै औषधि मानेर बाँचे,’ उनी भन्छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको