३० औं पटकमा बल्ल एसइई पास भए भागीराम, बधाईको ओहिरो

धनगढी – निरन्तरको मेहनत र दृढ आत्मविश्वासले सफलता निश्चित हुन्छ। यो कथनका उदाहरण बनेका छन् कैलालीको कैलारी गाउँपालिका ६ बनकट्टाका ५३ वर्षीय भागीराम चौधरी। २९औं पटकसम्म एसएलसी तथा एसईईमा अनुत्तीर्ण भएका उनी अन्ततः ३०औं पटकको प्रयासमा सफलता हासिल गरेका छन।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार उनी २ं ५ जीपीए ल्याइ पास भएका हुन्।

एसईईमा उत्तीर्ण भएपछि उनले आफू अध्ययनरत तथा कार्यरतसमेत रहेको विद्यालयमा मिठाई बाँडेर खुसी साटेका छन्। उनी कैलारी गाउँपालिका-९ गदरियास्थित जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी हुन्। उनी सोही विद्यालयमा अध्ययनरत छन्।

२०४८ देखि एसएलसी परीक्षा दिदै आएका उनी कोरोना महामारीको अवधिमा भने परीक्षामा सहभागी भएनन्। शिक्षा प्राप्तिको निकै लामो संघर्ष र दृढ आत्मविश्वासपछि एसईई उत्तीर्ण भएका उनले आफू कार्यरत रहेको विद्यालयमै कक्षा ११ भर्ना हुने योजना रहेको बताए। शिक्षाप्रति उनमा भएको लगाव नै सबैको लागि उत्प्रेरणाको स्रोत बनेको उनका सहकर्मी बताउँछन्।

यस्तै जनता माध्यमिक विद्यालयमा कार्यरत शिक्षक डिल्लीराम मिश्रले पनि जीवनमा हरेश नखाइ निरन्तर मेहनत गरे सफलता निश्चित रहेको भन्ने उदाहरण भागीराम बन्न सफल भएकोमा हर्ष व्यक्त गरे।

३ सन्तानका पिता रहेका उनका जेठा छोरा स्नाकोत्तर अध्ययनरत छन्, भने अर्को छोरा र छोरी स्नातकमा अध्ययनरत छन्।

सिफारिस

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने "मोबाइलबाट लघु चलचित्र निर्माण" कार्यशाला...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

धेरै पढिएको