अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घट्यो, नेपालमा के होला ?

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपनि नेपालमा तत्काल नघट्ने भएको छ ।

कोरोना भाइरसको प्रभाव तथा साउदी अरब र रुसबीचको उत्पन्न विवादका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा ३० प्रतिशतले गिरावट आएको हो । तर नेपालमा यसको असर १५ दिन पछिमात्रै पर्ने भएकाले तत्कालै मुल्य नघट्ने भएको हो ।‘ अन्तराष्ट्रि बजारमा घट्ने वित्तिकै नेपालमा घट्दैन ।’ नेपाल आयल निगमका निर्देशक सुशिल भट्टराइले भने ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपालमा लगभग दुई हप्तापछि मात्रै पर्ने भएकाले तत्काल नपरेको उनको भनाई थियो । नेपालले भारतीय आयल निगमसँग पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतावचडाव हुनेवित्तिकै त्यसको असर नेपालमा देखा पर्छ । निर्देशक भट्टराइले दुईसातापछि मात्रै नेपालमा तेलको मुल्य घट्ने बताए ।

तेल उत्पादक देशहरुको संगठन ओपेकले १५ लाख ब्यारेज तेल उत्पादनमा कटौती गर्ने भएकाले तथा कोरोना भाइरसको प्रभावका कारण गर्दा तेलको मागमा कमी आएको छ । जसका कारण तेलको उत्पादनमा समेत कटौती गरिएको छ । तेल रुस लगायत अन्य मुलुक तेल उत्पादक संगठन ओपेकको सदस्य नभएकाले संगठनमा साउदीले गरेको निर्णय मान्य हुने गरेको छ ।

साउदीले गरेको प्रस्ताव रुसले नमानेपछि साउदीले कच्चा तेल खरिदमा छुट दिने घोषणा गरेको थियो । साउदी सरकारले तेलको मूल्यमा भारी गिरावट भएको भन्दै अर्थमन्त्रीलाई कारवाही समेत गरेको छ ।

जसका कारण अन्तर्राष्ट्रिय बजारमा ३० प्रतिशतले कच्चा तेलको मूल्य प्रतिब्यारेल ३१.०२ अमेरिकी डलर प्रति ब्यारेलमा आएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको