कोरोना भाइरसबाट डराउने होइन, सतर्क रहनुपर्छ’

काठमाडौँ – कोरोना भाइरसबाट डराउनु नपर्ने तर सतर्कता अपनाउनु पर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले नेपालमा अहिले नै आतंकित हुनु पर्ने अवस्था नभएको बताए । मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरसको सम्भावित संक्रमणपछि अपनाउनुपर्ने सबै तयारी सरकारले गरेको बताए । उनले आतंकित गर्नेगरी समाचारलाई सम्प्रेशण नगर्न संचारमाध्यमलाई आग्रह समेत गरे । मन्त्री रावतले स्वास्थ्य मन्त्रालयले तीनवटै सरकारसँग समन्वय गरेर कोरोना भाइरसविरुद्ध तयारी गरिरहेको जानकारी समेत दिए ।

कार्यक्रममा हालै चीनको वुहानबाट फर्किएका डा. रमेश आचार्यले ज्वरो र रुघाखोकी लाग्दैमा आत्तिनु नपर्ने बताए । उनले एकैपटक १०२ डिग्री ज्वरो आउनु कोरोनाको पहिलो र मुख्य लक्षण भएको बताए । त्यसैगरी श्वासप्रशासमा समस्या र सुख्खा खोकी लागिरहे तुरुन्त स्वास्थ्य संस्थामा गएर जाँच गराउन सुझाव समेत दिए । वुहानमा कोरोना भाइरसका बिरामीको उपचारमा खटिएर फर्किएका डा. आचार्यले चीन सरकारको सतर्कताका कारण रोग नियन्त्रणमा आएको बताए ।

आचार्यले कोरोनाबाट डराउनु भन्दा सतर्कता अपाउन सुझाव दिए । उनले कोरोना भाइरस सफा र फोहोर दुबै ठाउँमा पाइने बताए । एक हप्तासम्म भाइरस जीवित हुन सक्ने भएकोले विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै डा. आचार्यले सबै नेपालीले थर्मोमिटर किनेर राख्न सुझाव समेत दिए । उनले भिडभाड हुने सपिङ मल, डिपार्टमेन्ट स्टोरहरुमा पनि ज्वारो जाँच्ने व्यवस्था गर्न सरकारलाई सुझाव समेत दिए ।

त्यसैले डा. आचार्यले नेपालमा धेरै मन्दिर र मस्जिद बन्द गर्न वा खाली खुट्टा नहिड्ने व्यवस्था गर्न समेत सरकारलाई सुझाव दिए । “हामी देशमा धेरै मन्दिर, मस्जिद र गुम्बा छन् । त्यहाँ दैनिक भिडभाड हुन्छ । खाली खुट्टा हिड्ने भएकोले भाइरस संक्रमणको जोखिम उच्च रहन्छ” आचार्यले भने । उनले कोरोनाको शंका लागेका बिरामीहरुलाई सरकारले तुरुन्तै स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था गर्नुपर्ने बताए ।

त्यसैगरी कार्यक्रममा स्वास्थ्य तथा विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले बजारमा मास्क–सेन्सटाइनको अभाव भएकोले कालोबजारी भएको बताए । मागअनुसार आपूर्ति हुन नसकेको बताए । मास्क देशमा उत्पादन नहुने र बाहिरबाट ल्याउने भएकोले उतै मूल्य बढेकोले पूरानै मूल्यमा व्यवसायीले दिन नसकेको बताए ।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको