काठमाडौं – महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी प्रमुख फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर सिंहको काज सरुवा गरेको हो ।
प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार सिंहको ठाउँमा जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी नविन कार्कीलाई पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी प्रतितसिंह राठौर र सिंहलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । रौतहटमा भरत श्रेष्ठ पठाइएका छन् ।