टुटल र पठाओको सेवा बन्द गराउन माग गर्दै ट्याक्सी चालकहरुले घेरे यातायात विभाग

काठमाडौं – ट्याक्सी व्यवसायी तथा चालकहरुले टुटल र पठाओको सेवा बन्द गराउन माग गर्दै यातायात व्यवस्था विभाग घराउ गरेका छन् । केही दिनदेखि उनीहरुले विभिन्न किसिमबाट टुटल र पठाओ जस्ता सेवा बन्द गराउन चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

ट्याक्सी व्यवसायी र चालकहरुले आफ्नो रोजी रोटी खोस्ने गरी निजी सवारीले भाडाका यात्रु बोक्न नपाउने भन्दै विभागलाई चर्को दवाव दिएका छन् ।

व्यवसायीहरुले यस्ता सेवा बन्द गराउन पहल नगरेसम्म घेराउ जारी राख्ने चेतावनी दिएपछि विभागले मंगलबार साँझ विभागले एक सूचना जारी गर्दै निजी सवारीसाधनले भाडाको सवारी बेक्न नपाउने आशयको सुचना जारी गरेको छ ।

टुटल र पठाओको नाम उल्लेख नगरी विभागले कानूनी व्यवस्था स्मरण गराउँदै निजी सवारी साधनले यात्रु बोके कारवाही गर्ने चेतावनी दिएको छ ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज केन्द्रिय सदस्य विष्णु चौहानले विभागले सूचना मात्रै जारी गरेर नहुने बताए । उनले सेवमा रोक लगाएर ट्याक्सी चालक तथा व्यवसायीलाई न्याय दिनुपर्ने बताए ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको