ललितानिवास प्रकरण : गच्छदारको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता

काठमाडौं- सशस्त्र प्रहरीले पूर्व गृहमन्त्रीको हैसियतमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सुरक्षामा खटिएको आफ्नो ‘फोर्स’ फिर्ता लगेको छ । बालुवाटारस्थित ललितानिवासको जग्गा अनियमिततामा भ्रष्टाचार मुद्दा चलेपछि सशस्त्रको स्कर्टिङ गाडीसहित प्रहरी फिर्ता भएका हुन् । भ्रष्टाचार मुद्दा दायर भएकाले नै उनको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालय स्रोतले बतायो । पिएसओका रूपमा नेपाल प्रहरीबाट केही प्रहरी भने अझै उनीसँग छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारको संलग्नता दाबी गर्दै २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले १५ दिनभित्र उपस्थित हुन उनलाई म्याद जारी गरिसकेको छ । तर, उनी अदालतमा उपस्थित भएका छैनन् । ०६६ मा गच्छदार भौतिक योजनामन्त्री थिए । उनले नै प्रधानमन्त्रीनिवास विस्तारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । सोही प्रस्तावका आधारमा ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थियो ।

अन्य पूर्व गृहमन्त्रीहरूले समेत कार्यविधि विपरीत ठूलो संख्यामा सुरक्षाकर्मी र गाडीको दुरुपयोग गर्दै आएका छन् । विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा गृहमन्त्रीबाट हटेको दुई वर्षसम्म मात्र यस्तो सुविधा पाउने उल्लेख छ । गृहले नै नेतृत्व नलिएसम्म पूर्व गृहमन्त्रीहरूको सुरक्षामा खटिएका प्रहरी र गाडी फिर्ता गर्न सकिने अवस्था नरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

पूर्व गृहमन्त्रीहरू विमलेन्द्र निधि, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, कमल थापा, प्रकाशमान सिंहलगायतले १० भन्दा बढी प्रहरी घरमा राखेका छन् । सशस्त्र प्रहरी बलबाट नेता मात्र होइन, अवकाशप्राप्त प्रहरी अधिकारीको घरमा समेत नियमविपरीत सुरक्षाकर्मी खटाइएको छ । पूर्व महानिरीक्षकहरूको घरमा सात जनासम्म प्रहरी खटिएका छन् ।

नियमअनुसार पूर्वआइजिपीले तीन, एआइजीले दुई तथा डिआइजीले एक जना सहयोगी पाउँछन् । तर, पूर्वमहानिरीक्षकहरू वासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त, दुर्जकुमार राई, किशोर लामाको घरमा नियमविपरीत तीनभन्दा धेरै प्रहरी कार्यरत छन् । अवकाश प्राप्तमध्ये सिंहबहादुर श्रेष्ठले नियमअनुसार नै तीन जना मात्र लिएका छन् ।

केही पूर्व एआइजीको घरमा नियम विपरीत खटिएका सुरक्षाकर्मी भने फिर्ता गरिएको छ । तर, आइजिपीको घरबाट फिर्ता गरिएको छैन । सुरक्षाका नाममा सुरक्षाकर्मी खटाइए पनि उनीहरूलाई घरेलु काममा खटाइने गरिएको छ ।

नेपाल प्रहरी र सेनामा यस्तो विकृति छ । कार्यविधि विपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता ल्याउन सुरक्षा निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । मन्त्रालयले तीन सय ४७ प्रहरी फिर्ता गरिसकेको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको