सिरहा – तल्लो जातसँग विहे गरेको भन्दै माइती पक्षले अपहरणको शैलीमा श्रीमानबाट खोसेर लगेकी युवती नौ दिन देखि बेपत्ता भएकी छिन् । सिरहाको लहान नगरपालिका २२ बर्छवाका मुकेश विश्वकर्माकी पत्नी मधुकुमारी यादवलाई १८ फागुनमा माइती पक्षले जबर्जस्ती लगेको थियो , त्यसयता युवतीको अवस्था अज्ञात छ ।
म आफ्नै घरमा थिए, राति विष्णुदेव यादव सहितको समुह आएर मेरो श्रीमतीलाई जबर्जस्ती उठाएर लग्यो , श्रीमान मुकेशले भने । लक्ष्मिपुर गाउपालिका २ स्थित जनता डोमी प्राविधिक विद्यालयमा पढिरहेका मुकेश र लक्ष्मीपुर पटारीकी २१ वर्षीय मधुकुमारीले गत मंसिरमा लहान स्थित राम मन्दिरमा विवाह गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
