एक वर्षे बिएडमा भर्ना खुल्यो, अनलाईनबाटै यसरी दिनुहोस् आवेदन

काठमाडौं – नेपाल खुला विश्वविद्यालयले एक वर्षे बिएडमा भर्ना खोलेको छ। सेमेष्टर प्रणालीअन्तर्गत पहिलो सेमेष्टरका लागि भर्ना खुला गरिएको हो।

इच्छुकले साउन २३ गतेसम्म फारम भर्न सक्नेछन्। सामाजिक शास्त्र र शिक्षा संकायतर्फ एक वर्षे बिएडमा भर्ना खुलेको हो। अनलाइनबाटै भर्ना फारम भर्न सकिन्छ।

आवेदकहरूले विश्वविद्यालयको वेबसाइट www.nou.edu. np मा रहेको Student panel मार्फत अनलाइन भर्ना आवेदन फाराम मिति २०७९/३/२५ गतेदेखि मिति २०७९/४/२३ गते सम्ममा भरिसक्नु पर्नेछ।

आवेदन शुल्क नेपाल खुला विश्वविद्यालयको नाममा ग्लोबल आईएमई बैंक लिमिटेड, कीर्तिपुर शाखामा रहेको चल्ती खाता नं.
०५०१०१००००५०२ मा एक हजार रुपैयाँ जम्मा गरी सो बैंक भौचर स्क्यान गरी आवेदन साथ Upload गर्नुपर्नेछ।

आवेदकले आवेदन साथ सम्बन्धित शैक्षिक तह र कार्यक्रमका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र र ट्रान्सक्रिष्टको स्कयान कपी अपलोड गर्नुपर्नेछ।

विद्यार्थी भर्नाका लागि अनलाइन मार्फत अन्तर्वार्ता तथा पूर्व योग्यताको आधारमा छनोट गरिनेछ। प्रवेश परीक्षाको पाठ्यक्रम, शुल्क सम्बन्धी विस्तृत जानकारी र कोर्सको विस्तृत पाठ्यक्रम विश्वविद्यालयको वेवसाइटको सम्बन्धित संङ्कायका मेन्यु मा राखिएको छ। सम्बन्धित मूल विषय लिई उत्तिर्ण गरेका इच्छुक व्यक्तिहले आवेदन दिन पाउनेछन्।

सिफारिस

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

भर्खरै

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

धेरै पढिएको