राजसंस्थासहितको प्रजातन्त्र ल्याउने भन्दै तीन राप्रपा आज एक हुँदै

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच आज एकता हुँदैछ ।
लामो समयको प्रयास, छलफल र वार्तापछि दुइपार्टीबीच एकता घोषणा हुन लागेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय सभा गृहमा दिउँसो साढे १२ बजे हुने एक बिशेष कार्यक्रमका बीच एकता घोषणा हुने उहाँले बताउनुभयो ।

गत शनिबार राति कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच एकीकरण गर्ने सहमति भएसँगै औपचारिक घोषणा हुन लागेको हो । सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका डा.प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले हस्ताक्षर गरेका छन् ।

एकीकृत पार्टीमा राप्रपा संयुक्तका अध्यक्षहरु राणा र लोहनी तथा राप्रपाका अध्यक्ष थापा अध्यक्ष रहने र एकीकृत पार्टीको महाधिवेशन डेढ वर्षभित्र गर्ने सहमति भएको छ । यसैगरी नयाँ दलको झण्डा अहिले राप्रपाको झण्डा प्रयोग गरिने, तर चुनाव चिह्न भने पछि तय गर्ने सहमति भएको छ । एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने जनाएको छ ।

सिफारिस

रास्वपा प्रतिनिधिले पाएको झोलाभित्र के छ ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत चौथो दिन देशभरिबाट आएका प्रतिनिधिहरूलाई विशेष सामग्रीसहितको झोला वितरण गरिएको छ। महाधिवेशनको बन्दसत्र र सांगठनिक...

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बू माथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। अशोक राई नेतृत्वको ‘समाजवादी...

कहाँ गए यी १२ प्रहरी ? १ साताभित्र सम्पर्कमा नआए जागीर जाने

एकजना प्रहरी नायव निरीक्षकसहित १२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना...

भर्खरै

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा...

कहाँ गए यी १२ प्रहरी ? १ साताभित्र सम्पर्कमा नआए जागीर जाने

एकजना प्रहरी नायव निरीक्षकसहित १२ जना प्रहरी कर्मचारीलाई एक...

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि...

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का...

रविले दिए सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

धेरै पढिएको