प्रदेश ५ का पदाधिकारीको पारिश्रमिक निर्धारण : कसले कति पाउँदै ?

रुपन्देही  – प्रदेश ५ को तीन सदस्य मन्त्रिपरिषद कार्यालयले मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक निर्धारण प्रारम्भिक मस्यौदा तयार पारेको छ । तयार गरेको प्रारम्भिक मस्यौदामा सेवा सुविधा अनुसार मुख्यमन्त्रीको मासिक पारिश्रमिक ६० हजार ९ सय रुपैयाँ, मन्त्रीको ५२ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । प्रदेश सभाषदकोे पारिश्रमिक ४५ हजार हुनेछ । मन्त्री तथा अन्यको दैनिक भत्ता ७ सय ५० र दैनिक भ्रमण भत्ता १ हजार ५ सय रुपैयाँ पाउने गरि तयार बनाएको छ । करिब एक साता लगाएर मस्यौदाको प्रारम्भिक खाका तयार गरेको हो । मुख्यमन्त्री कार्यालयका कानुन सचिव निर्मला अधिकारी भट्टराईले प्रदेशसभा जनप्रतिनिधि अन्तर्गत सदस्य देखि मन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सुविधाबारे मस्यौदा अन्तिम चरणमा पुगेको बताइन ।

केन्द्रले पठाएको प्रारम्भिक विधेयकमा आधारित रहेर यहाँको आवश्यकता अनुसार मस्यौदालाई अन्तिम रुप दिन लागेको उनको भनार्इ छ । केन्द्र तथा अन्य प्रदेशले दिने सुविधा र पारिश्रमिकसँग बाझिन नदिन राय सल्लाह र परामर्श पनि लिइरहेका छौं, अधिकारीले भनिन । मन्त्री देखि सांसद सबैलाई आवास बापत मासिक घरभाडा १२ हजार रुपैयाँ दिने गरी प्रस्ताव गरेको समेत उनले बताईन । संघले प्रदेशलाई पठाएको विधेयकमा उल्लेखित भएकै रकम हो ।

मुख्यमन्त्रीले सवारी सुविधा सहित इन्धन मासिक १ सय ५० लिटर, मोबिल ३ महिनामा १० लिटर मात्र छ । मासिक २ हजार सञ्चार खर्च छ  । प्रारम्भिक मस्यौदामा उल्लेख भए अनुसार उनका लागि सरकारी आवास सुविधा उल्लेख हुनेछ । संघले केन्द्रलाई पठाएको विधेयकमा मन्त्रीको मासिक पारिश्रमिक ५२ हजार उल्लेख गरिएको छ । प्रदेशले तयार गरेको मस्यौदामा समेत त्यति नै रकम उल्लेख छ । उनीहरूलाई गाडी सुविधा उल्लेख छ । केन्द्रको विधेयकमा मन्त्रीका लागि सरकारी आवास सुविधा उल्लेख छैन । प्रदेश सरकारले भने सबै मन्त्रीका लागि आवास भैरहवामा व्यवस्थापन गरिरहेको छ  । मस्यौदा प्रदेशसभा विधेयकका रुपमा छलफल गरिने सरकारका प्रवक्ता वैजनाथ चौधरीले वताए । प्रदेशसभाको बैठक २७ फागुनमा बस्ने भएको छ ।
हिमालय टाइम्सबाट

सिफारिस

जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं - जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता नेपालसहित भारत र बंगलादेशका आठ टिम प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक नेपाल...

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेका छन । बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन...

युद्धविराम सम्झौतामा इजरायल र हमासले दिए यस्तो प्रतिक्रिया

गाजामा युद्धविराम र इजरायली बन्धकहरू रिहाइका लागि इजरायल र...

हमास र इजरायलले गरे युद्ध विरामको सहमति, छायो खुसीयाली

जेरुसेलम – हमास र इजरायलले १५ महिना लामो युद्ध...

मौसम: यी भूभागमा हिमपात, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

बढ्यो डिजेल र पेट्रोल मूल्य

काठमाडौँ - डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य...

धेरै पढिएको