प्रदेश ५ का पदाधिकारीको पारिश्रमिक निर्धारण : कसले कति पाउँदै ?

रुपन्देही  – प्रदेश ५ को तीन सदस्य मन्त्रिपरिषद कार्यालयले मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक निर्धारण प्रारम्भिक मस्यौदा तयार पारेको छ । तयार गरेको प्रारम्भिक मस्यौदामा सेवा सुविधा अनुसार मुख्यमन्त्रीको मासिक पारिश्रमिक ६० हजार ९ सय रुपैयाँ, मन्त्रीको ५२ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । प्रदेश सभाषदकोे पारिश्रमिक ४५ हजार हुनेछ । मन्त्री तथा अन्यको दैनिक भत्ता ७ सय ५० र दैनिक भ्रमण भत्ता १ हजार ५ सय रुपैयाँ पाउने गरि तयार बनाएको छ । करिब एक साता लगाएर मस्यौदाको प्रारम्भिक खाका तयार गरेको हो । मुख्यमन्त्री कार्यालयका कानुन सचिव निर्मला अधिकारी भट्टराईले प्रदेशसभा जनप्रतिनिधि अन्तर्गत सदस्य देखि मन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सुविधाबारे मस्यौदा अन्तिम चरणमा पुगेको बताइन ।

केन्द्रले पठाएको प्रारम्भिक विधेयकमा आधारित रहेर यहाँको आवश्यकता अनुसार मस्यौदालाई अन्तिम रुप दिन लागेको उनको भनार्इ छ । केन्द्र तथा अन्य प्रदेशले दिने सुविधा र पारिश्रमिकसँग बाझिन नदिन राय सल्लाह र परामर्श पनि लिइरहेका छौं, अधिकारीले भनिन । मन्त्री देखि सांसद सबैलाई आवास बापत मासिक घरभाडा १२ हजार रुपैयाँ दिने गरी प्रस्ताव गरेको समेत उनले बताईन । संघले प्रदेशलाई पठाएको विधेयकमा उल्लेखित भएकै रकम हो ।

मुख्यमन्त्रीले सवारी सुविधा सहित इन्धन मासिक १ सय ५० लिटर, मोबिल ३ महिनामा १० लिटर मात्र छ । मासिक २ हजार सञ्चार खर्च छ  । प्रारम्भिक मस्यौदामा उल्लेख भए अनुसार उनका लागि सरकारी आवास सुविधा उल्लेख हुनेछ । संघले केन्द्रलाई पठाएको विधेयकमा मन्त्रीको मासिक पारिश्रमिक ५२ हजार उल्लेख गरिएको छ । प्रदेशले तयार गरेको मस्यौदामा समेत त्यति नै रकम उल्लेख छ । उनीहरूलाई गाडी सुविधा उल्लेख छ । केन्द्रको विधेयकमा मन्त्रीका लागि सरकारी आवास सुविधा उल्लेख छैन । प्रदेश सरकारले भने सबै मन्त्रीका लागि आवास भैरहवामा व्यवस्थापन गरिरहेको छ  । मस्यौदा प्रदेशसभा विधेयकका रुपमा छलफल गरिने सरकारका प्रवक्ता वैजनाथ चौधरीले वताए । प्रदेशसभाको बैठक २७ फागुनमा बस्ने भएको छ ।
हिमालय टाइम्सबाट

सिफारिस

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

भर्खरै

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

धेरै पढिएको