मलाई ६० लाख डुबाएर भागी भन्दै गायक शिशिर योगी पुगे टेकु प्रहरीमा

‘लौ न सर, म त बर्बाद भएँ, के गर्ने होला ?’ मलिन अनुहार लगाउँदै गायक शिशिर योगी बिहीबार महानगरीय प्रहरी परिसर टेकुको मुद्दा शाखामा पीडा पोख्दै थिए । अलि हतास र आत्तिएजस्ता देखिएका उनलाई प्रहरी अधिकृतले सम्झाए, ‘धैर्य गर्नुस् न सर, आत्तिएर हुँदैन । हामी खोज्दै छौं, काम हुँदै छ ।’

बाहिर निस्केर उनले कसैलाई फोन गरे र प्रहरीसँग भएको संवाद सुनाउँदै भने, ‘खै काम हुँदै छ मात्र भन्छ, अहिलेसम्म मान्छे समाएको छैन ।’

‘के भएको हो र यति धेरै हतासमा हुनुहुन्छ ?’ जिज्ञासामा योगीले जवाफ दिए, ‘के हुनु र ? हेर्नुस् न, मलाई ६० लाख डुबाएर भागी । उसलाई खोज्न आग्रह गर्दै प्रहरीमा धाएको दुई महिना बितिसक्यो, अहिलेसम्म अत्तोपत्तो छैन ।’ ‘को हुन् त तपाईंलाई ठग्ने ?’ उनी केहीबेर घोरिए र खुल्दै गए, ‘दाङकी एक महिला चार वर्षको अवधिमा ६० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी छन्, उनकै खोजीमा भौंतारिइरहेको छु ।’

प्रहरीका अनुसार दाङ तुल्सीपुरकी झरना कुँवर (केसी) ले २०७२–०७५ को अवधिमा गायक योगीकी पत्नी खिमी योगीबाट पटक–पटक गरी ६० लाख रुपैयाँ लिएको उजुरी प्रहरीमा दर्ता भएको छ । उक्त रकम तिर्न भन्दै झरनाले ३०/३० लाख रुपैयाँका कृषि विकास बैंक नयाँ बानेश्वर शान्तिनगर शाखाका दुईवटा चेक खिमीका नाममा काटिदिएकी रहिछन् ।

पुस तेस्रो साता खिमी र शिशिर चेक साट्न गए । बैंकले ‘झरना कुँवर (केसी) का नाममा रहेको खाता चार दिनअघि नै बन्द भइसकेको’ जानकारी दिएपछि योगी दम्पती छाँगाबाट खसेजस्तै भए । २०७६ पुस २१ मा खिमीले झरनाविरुद्ध ‘चेक बाउन्स’ ठगीमा महानगरीय प्रहरी परिसरमा उजुरी दिइन् । आजकाे कान्तिपुर दैनिकमा खबर छ ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको