मलाई ६० लाख डुबाएर भागी भन्दै गायक शिशिर योगी पुगे टेकु प्रहरीमा

‘लौ न सर, म त बर्बाद भएँ, के गर्ने होला ?’ मलिन अनुहार लगाउँदै गायक शिशिर योगी बिहीबार महानगरीय प्रहरी परिसर टेकुको मुद्दा शाखामा पीडा पोख्दै थिए । अलि हतास र आत्तिएजस्ता देखिएका उनलाई प्रहरी अधिकृतले सम्झाए, ‘धैर्य गर्नुस् न सर, आत्तिएर हुँदैन । हामी खोज्दै छौं, काम हुँदै छ ।’

बाहिर निस्केर उनले कसैलाई फोन गरे र प्रहरीसँग भएको संवाद सुनाउँदै भने, ‘खै काम हुँदै छ मात्र भन्छ, अहिलेसम्म मान्छे समाएको छैन ।’

‘के भएको हो र यति धेरै हतासमा हुनुहुन्छ ?’ जिज्ञासामा योगीले जवाफ दिए, ‘के हुनु र ? हेर्नुस् न, मलाई ६० लाख डुबाएर भागी । उसलाई खोज्न आग्रह गर्दै प्रहरीमा धाएको दुई महिना बितिसक्यो, अहिलेसम्म अत्तोपत्तो छैन ।’ ‘को हुन् त तपाईंलाई ठग्ने ?’ उनी केहीबेर घोरिए र खुल्दै गए, ‘दाङकी एक महिला चार वर्षको अवधिमा ६० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी छन्, उनकै खोजीमा भौंतारिइरहेको छु ।’

प्रहरीका अनुसार दाङ तुल्सीपुरकी झरना कुँवर (केसी) ले २०७२–०७५ को अवधिमा गायक योगीकी पत्नी खिमी योगीबाट पटक–पटक गरी ६० लाख रुपैयाँ लिएको उजुरी प्रहरीमा दर्ता भएको छ । उक्त रकम तिर्न भन्दै झरनाले ३०/३० लाख रुपैयाँका कृषि विकास बैंक नयाँ बानेश्वर शान्तिनगर शाखाका दुईवटा चेक खिमीका नाममा काटिदिएकी रहिछन् ।

पुस तेस्रो साता खिमी र शिशिर चेक साट्न गए । बैंकले ‘झरना कुँवर (केसी) का नाममा रहेको खाता चार दिनअघि नै बन्द भइसकेको’ जानकारी दिएपछि योगी दम्पती छाँगाबाट खसेजस्तै भए । २०७६ पुस २१ मा खिमीले झरनाविरुद्ध ‘चेक बाउन्स’ ठगीमा महानगरीय प्रहरी परिसरमा उजुरी दिइन् । आजकाे कान्तिपुर दैनिकमा खबर छ ।

सिफारिस

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग क्षेत्रमा लोडसेडिङ रहे पनि घरायसी प्रयोजनका लागि लोडसेडिङ हुन नदिने सरकारको नीति रहेको बताएका छन्। बुधबार...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत प्राधिकरणका सबै बैंक खाता रोक्का भएका छन्। ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा मनसुनजन्य विपदमा वेपत्ता भएका नागरिकको परिवारले क्षतिपूर्ति पाउने व्यवस्था गर्नुभएको छ । विस २०८० असार २...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

प्रहरी महानिरीक्षक कुँवरसहित नौ उच्च अधिकारीको बिदाइ (तस्वीरहरू)

प्रहरी प्रधान कार्यालयले ३० वर्ष सेवा अवधि पूरा गरी...

को हुन् प्रहरी महानिरीक्षक बनेका दीपक थापा?

नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा...

सशस्त्र प्रहरीले गर्यो प्रहरी महानिरीक्षक कुँवरलाई बिदाइ (तस्वीरहरू)

काठमाडौँ - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई सशस्त्र प्रहरी...

टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

काठमाडौँ - अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्ट...

धेरै पढिएको