तीनपाने रक्सी प्रयोग गरेर ललितपुरमा ‘स्यानेटाइजर’ तालीम

ललितपुर – ललितपुर महानगरपालिकाको आयोजना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को प्राविधिक सहयोगमा नाष्ट कार्यकक्षमा आइतबारदेखि छ दिने ‘स्यानेटाइजर’ बनाउने तालीम शुरु गरिएको छ । बजारमा कोभिड –१९ को सङ्क्रमण देखिएसँगै स्यानेटाइजरको अभाव हुँदै जाँदा उक्त तालीमको आयोजना गरिएको हो । एक दिनको तालीममा १० का दरले छ दिनसम्म गरी ६० जनालाई सिकाइने नाष्टले जानकारी दिएको छ ।

तालीममा घरेलु सामग्री (तीनपाने) रक्सीलगायत रसायन (केमिकल) प्रयोग गरेर बनाउन सिकाइँदै छ । नाष्टका वैज्ञानिकले ७० देखि ८० प्रतिशत रक्सीको मात्रा, दुई प्रतिशत गिसिरोल, शून्य दशमलव तीन प्रतिशत हाइड्रोजन पेरोअक्साइड र १८ प्रतिशत डिस्टिल वाटर प्रयोग गरेर स्यानेटाइजर निर्माण गरिसकेको र यसैअनुरुप सिकाइने नाष्टका वरिष्ठ वैज्ञानिक सजनलाल स्याउलाले जानकारी दिए ।

उनले भने, “मानिसले इथानोल अल्कोहलको ठाउँमा मिथानोल अल्कोहल प्रयोग गरेभने यसले सिधै ज्यान लिन्छ, हामीले विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुरुपको स्यानेटाइजर निर्माण गरी यसै अनुरुप सिकाउँदै छौँ ।” पचहत्तरदेखि ८० प्रतिशत रक्सीको मात्रा प्रयोग गरेर निर्माण गरिएको स्यानेटाइजरले झन् बढी काम गर्ने र मानिसको हातमा रहेको भाइरसको प्रोटिङ मार्न छिट्टै सफल हुने स्याउलाले बताए ।

नाष्टका वैज्ञानिकले बनाएका स्यानेटाइजरबाट जीवाणु (ब्याक्टेरिया), सूक्ष्मजीवाणु (भाइरस) र ढुसी (फङ्गस) तीनैवटाबाट सङ्क्रमण फैलिन रोक्ने नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए । वैज्ञानिकसँग स्यानेटाइजर निर्माण गर्न सिकेर घरघरमा गई सिकाउन वडा नं २४ का वडाध्यक्ष दिनेश कार्कीले आग्रह गरे । उनले भने, “महानगरपालिकाभित्रका जनताले अब बजारमा स्यानेटाइजरको अभाव हुन दिने छैनन् भन्ने विश्वास लिएको छु ।” नाष्टले बनाएको स्यानेटाइजरबाट छदेखि आठ सेकेन्डमै सूक्ष्मजीवाणु मार्न सफल हुने बताइएको छ ।

नेपालमा कोभिड–१९ को महामारी नफैलियोस् भनी आफूहरुले पूर्वसावधानीका साथ कार्यक्रम सञ्चालन गरेको वडा नं १२ का वडाध्यक्ष नारायणलाल अवालेले बताउनुभयो । उनले भने, “स्थानीय रक्सीबाट स्यानेटाइजर निर्माण हुन्छ भन्दैमा जथाभावी रुपमा बनाउने कोसिस नगर्नुहोस्, यसले मानिसलाई झन् क्षति पु¥याउँछ ।” महानगरवासीले स्यानेटाइजर निर्माण गर्न सिकेसँगै उक्त औषघि साबुनपानीको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिने भएको छ ।

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको