काठमाडौं – कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । गएराति ८ बजेर ४५ मिनेटमा ५ रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ ।
भूकम्प कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण भने सार्वजनिक भएको छैन ।
