काठमाडौं – अहिले मुलुकभर पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
आज राती देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
