आगामी चैत्र ६ गतेबाट शुरु हुने भनिएको एसईई परीक्षा सर्न सक्ने

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आगामी चैत्र ६ गतेबाट शुरु हुने भनिएको एसईई परीक्षा सर्न सक्ने बताएका छन् । कोरोना भाइरस संक्रमणको जोखिमका देखाउदै परीक्षा सर्न सक्न बताएका हुन ।

आइतबार राष्ट्रियसभामा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले नागरिकको अभिभावक सरकार भएकाले कुनै पनि नेपालीमा कोरोनाको संक्रमण देखिएमा त्यसको उपचार सरकारले गर्ने पनि बताए । संक्रमण देखिएकाहरुलाई सरकारले सुरक्षा दिने विषयमा दिएको अभिव्यक्तिको रक्षा गर्दै मन्त्री ढकालले आफूले बताएको कुरालाई सञ्चारमाध्यमले समाचार लेख्दा अर्कै लेखिदिएको भन्दै गुनासो गरे । केही दिनअघि आफूले जनता आफैँले कोरोनाको संक्रमणबाट बच्न सचेत हुन आग्रह गरेको उनको भनाई थियो । उनले मुलुकभर २ सय ३५ वटा आईसीयू र १ सय ५५ आईसोलेसन बेड व्यवस्था गर्न सरकार जुटिसकेको बताए ।

यस्तै स्वास्थ्यमन्त्री ढकालले मुलुकभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएका छन्  । उनले कोरोनाको सम्भावित संक्रमणविरुद्ध परिचालन हुन सिडियो र स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएका हुन् । कोरोना भाइरसको संक्रमणविरुद्धको रणनीति निर्माण तथा कार्यान्वयनमा परिचालन हुने कर्मचारीदेखि स्वास्थ्यकर्मीहरुले भोग्नुपर्ने सम्भावित जोखिम तर्फ पनि सरकार सचेत रहेको मन्त्री ढकालले जानकारी दिए ।

 

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको