गोरखा – १२ बर्षिया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै एक वृद्ध पक्राउ परेका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा.नं. ५ जफती गाउँ बस्ने ७७ बर्षिया देबी बहादुर भट्ट लाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत १२ बार्षिया बालिकालाई विद्यालयबाट घर फर्किने क्रममा ललाई फकाई जबरजस्ती करणी गरेको उनीमाथी आरोप लागेको छ । जबरजस्ती करणी गरेको भन्दै पिडितका अभिभावकले प्रहरीमा जाहेरी दिउका थिए ।
उक्त जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जबरजस्ती करणीको प्रयास गरिरहेकै अवस्थामा फेला पारी गाली गरेपछि छोडेको भनि जिल्ला प्रहरी कार्यलयमा दिइएको जाहेरीमा उल्लेख गरिएको छ । वृद्धलाई जबरजस्ती करणी उद्योगमा मुद्धा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।