घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको छ ।

पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ ।

घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटाइएको छ । नयाँ मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।

यसैबीच ग्यास उद्योगी तथा व्यवसायीले आवश्यकता भन्दा बढी ग्यास भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघले सोमवार संयुक्त पत्रकार सम्मेलन गरी आवश्यकता भन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरेको हो ।

ग्यासको आयात विगतमा भन्दा बढी भइरहेकोले हल्लाको पछि लागेर नआत्तिन एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले आग्रह गर्नुभयो । उहाँले आवश्यक भन्दा बढी ग्यास सञ्चय नगर्न उपभोक्तालाई आग्रह गर्नुभयो । उहाँले व्यवसायीलाई नयाँ सिलिन्डर नबेच्न निर्देशन दिइसकेको जानकारी समेत गराउनुभयो ।

यस्तै, ग्यास बिक्रेता महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले बजारमा १ करोड २३ लाख सिलिन्डर रहेको जानकारी दिँदै तत्काल अभाव भइहाल्ने अवस्था नरहेको बताउनुभयो ।

सिफारिस

राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच तालमेल, कसलाई कति सीट ?

काठमाडौं - आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख चार राजनीतिक दलबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र...

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य : जेनजी अगुवा रक्षा बम

काठमाडौं - जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरेकी छन्। उनले नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोज्ने नेताहरूले जेनजी आन्दोलन...

कुलमान र बब्लुलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध भइसकेका मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले दलसँग आबद्ध मन्त्रीहरूले परिस्थितिको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य : जेनजी अगुवा रक्षा बम

काठमाडौं - जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसमा विशेष...

कुलमान र बब्लुलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध भइसकेका...

एमालेको चुनावी कमान्डर बादल

काठमाडौं - नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा...

विशेष महाधिवेशन माघ ६ पछिलाई सारौँ : शेखर कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले सहमतिका आधारमा केन्द्रीय...

मोदी राम्रो मान्छे भए पनि आफूलाई खुसी नबनाएको भन्दै ट्रम्पको असन्तुष्टि

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल...

प्रचण्डपछि किन भारत प्रस्थान गरिन् आरजु राणा ?

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु...

धेरै पढिएको