घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको छ ।

पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ ।

घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटाइएको छ । नयाँ मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।

यसैबीच ग्यास उद्योगी तथा व्यवसायीले आवश्यकता भन्दा बढी ग्यास भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघले सोमवार संयुक्त पत्रकार सम्मेलन गरी आवश्यकता भन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरेको हो ।

ग्यासको आयात विगतमा भन्दा बढी भइरहेकोले हल्लाको पछि लागेर नआत्तिन एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले आग्रह गर्नुभयो । उहाँले आवश्यक भन्दा बढी ग्यास सञ्चय नगर्न उपभोक्तालाई आग्रह गर्नुभयो । उहाँले व्यवसायीलाई नयाँ सिलिन्डर नबेच्न निर्देशन दिइसकेको जानकारी समेत गराउनुभयो ।

यस्तै, ग्यास बिक्रेता महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले बजारमा १ करोड २३ लाख सिलिन्डर रहेको जानकारी दिँदै तत्काल अभाव भइहाल्ने अवस्था नरहेको बताउनुभयो ।

सिफारिस

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका अवसरमा बिहीबार बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि पूजाअर्चना, दर्शन तथा व्रत पालनका लागि...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमालविक्रम विष्टको मृत्यु भएको छ। मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन...

भर्खरै

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

रास्वपा प्रतिनिधिले पाएको झोलाभित्र के छ ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय...

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा...

धेरै पढिएको