कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाली सेनाको यस्तो छ तयारी

काठमाडौं – नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि भद्रकालीस्थित सैनिक मुख्यालय प्रवेशमा ‘एकद्वार’ रणनीति अपनाएको छ । सैनिक मुख्यालयमा कार्यरत उच्च सैनिक अधिकृतदेखि जवानसम्मले कार्यालय प्रवेश गर्नुअघि र बाहिर निस्कँदा ‘थर्मप्लान्ट’बाट स्वास्थ्य परीक्षण गर्नुपर्नेछ ।

उच्च ज्वरो आएमा वा शङ्का लागेका सैनिक कर्मचारीलाई तत्काल ‘आइसोलेसन’का लागि सैनिक मुख्यालयको दक्षिणतर्फको गेटमा निर्माण गरिएका अस्थायी टेन्टमा राख्ने व्यवस्था गरिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कार्यालय प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण र हातमा सेनिटाइजर लगाएर प्रवेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको जानकारी दिए।

विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ०को मापदण्ड अनुरूप तीन मिटरको दूरीमा अस्थायी टेन्ट निर्माण गरिनुका साथै स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको जनाइएको छ । त्यस्तै सैनिक कर्मचारीको स्वास्थ्य सुरक्षा, सतर्कता र सचेतनाका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीका प्रमुख चिकित्सकको नेतृत्वमा ‘कोर ग्रुप’ गठन गरिएको प्रवक्ता पाण्डेले बताए । प्रत्येक सैनिक ब्यारेकमा स्वास्थ्यकर्मी सहितको दुई–दुई बेड ‘आइसोलेसन’ सेवा विस्तार गरिएको छ । सार्वजनिक स्थान तथा बाटोमा गरिने सैनिक दौड, पिटी र परेड स्थगित गरिएको छ ।

सेनाको आन्तरिक अभ्यासका लागि छाउनी, धरान, पोखरा र नेपालगञ्जमा सञ्चालित सैनिक अस्पतालमा आइसोलेसन बेडका अतिरिक्त सेवाग्राहीलाई अस्पताल प्रवेश गर्नुअघि थर्मप्लान्टबाट ज्वरो नाप्ने व्यवस्था गरिएको छ । मुलुकभर रहेका सैनिक कार्यालय तथा युनिटमा कार्यरत सैनिक कर्मचारीलाई व्यक्तिगत तथा कार्यालय सरसफाइ, स्वास्थ्य सतर्कता, कोरोनाको सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य तथा सरसफाइ सतर्कतासम्बन्धी जानकारी दिएको सेनाले जनाएको छ ।

यसको तयारीका लागि १४ युनिटबाट ५२ जना स्वास्थ्यकर्मीको टोलीलाई सैनिक मुख्यालयमा निम्त्याइएको छ । सैनिक प्रवक्ता पाण्डेले छाउनी अस्पतालमा १० बेड आइसोलेसन सेवा विस्तार गरिएको बताए।

कोरोना भाइरस सङ्क्रमित बिरामीलाई उपचारका लागि सम्बन्धित अस्पतालबाट शहीद शुक्रराज ट्रपिकल अस्पताल टेकु पु¥याउन विशेष प्रकारको एम्बुलेन्स व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीका अनुसार सो एम्बुलेन्समा चालक सुरक्षित हुने उपकरण जडान गरिएको छ । कोरोना सङ्क्रमणको पूर्वतयारी अनुरूप सेनाले ‘आइसोलेसन’ सेवा विस्तार गर्न खाली स्थानको खोजी गरेको छ । आइसोलेसनका लागि सेनाका केही ब्यारेक प्रयोग गर्न सकिने सुझाव दिइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको