ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् ।

दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै उनले ग्यास उद्योगी र नेपाल आयल निगमका प्रतिनिधिलाई सोमबार मन्त्रालयमा बोलाएर उक्त चेतावनी दिएका हुन् ।

सो अवसरमा मन्त्री भट्टले व्यवसायीहरूको नाफा सरकारले तोकिदिएको चर्चा गर्दै सङ्कटको फाइदा उठाएर कालोबजारीको प्रयास नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

उनले भने, “मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै सिलिन्डर पनि साटिदिनुहोस्, विश्वव्यापी सङ्कटका बेला नाफा, घाटा नहरौँ, राज्यलाई सहयोग गर्नुहोस् अन्यथा हस्तक्षेप हुन्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मापदण्ड अनुरूप तीन मिटरको दूरीमा अस्थायी टेन्ट निर्माण गरिनुका साथै स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको जनाइएको छ । त्यस्तै सैनिक कर्मचारीको स्वास्थ्य सुरक्षा, सतर्कता र सचेतनाका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीका प्रमुख चिकित्सकको नेतृत्वमा ‘कोर ग्रुप’ गठन गरिएको प्रवक्ता पाण्डेले बताए । प्रत्येक सैनिक ब्यारेकमा स्वास्थ्यकर्मी सहितको दुई–दुई बेड ‘आइसोलेसन’ सेवा विस्तार गरिएको छ । सार्वजनिक स्थान तथा बाटोमा गरिने सैनिक दौड, पिटी र परेड स्थगित गरिएको छ ।

सेनाको आन्तरिक अभ्यासका लागि छाउनी, धरान, पोखरा र नेपालगञ्जमा सञ्चालित सैनिक अस्पतालमा आइसोलेसन बेडका अतिरिक्त सेवाग्राहीलाई अस्पताल प्रवेश गर्नुअघि थर्मप्लान्टबाट ज्वरो नाप्ने व्यवस्था गरिएको छ । मुलुकभर रहेका सैनिक कार्यालय तथा युनिटमा कार्यरत सैनिक कर्मचारीलाई व्यक्तिगत तथा कार्यालय सरसफाइ, स्वास्थ्य सतर्कता, कोरोनाको सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य तथा सरसफाइ सतर्कतासम्बन्धी जानकारी दिएको सेनाले जनाएको छ ।

यसको तयारीका लागि १४ युनिटबाट ५२ जना स्वास्थ्यकर्मीको टोलीलाई सैनिक मुख्यालयमा निम्त्याइएको छ । सैनिक प्रवक्ता पाण्डेले छाउनी अस्पतालमा १० बेड आइसोलेसन सेवा विस्तार गरिएको बताए।

कोरोना भाइरस सङ्क्रमित बिरामीलाई उपचारका लागि सम्बन्धित अस्पतालबाट शहीद शुक्रराज ट्रपिकल अस्पताल टेकु पु¥याउन विशेष प्रकारको एम्बुलेन्स व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीका अनुसार सो एम्बुलेन्समा चालक सुरक्षित हुने उपकरण जडान गरिएको छ । कोरोना सङ्क्रमणको पूर्वतयारी अनुरूप सेनाले ‘आइसोलेसन’ सेवा विस्तार गर्न खाली स्थानको खोजी गरेको छ । आइसोलेसनका लागि सेनाका केही ब्यारेक प्रयोग गर्न सकिने सुझाव दिइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको