काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जवरा स्वास्थ्य उपचारका लागि शुक्रबार भारत प्रस्थान गरेका छन् ।
आयुर्वेदिक पद्धतिबाट उनको स्वास्थ्योपचार गराइने पार्टीले जनाएको छ ।
एक साता भारत बस्ने सन्दर्भमा पारिवारिक तथा निजी भेटघाटका कार्यक्रम तय गरिएको छ । भारतका विभिन्न दलका महत्वपूर्ण नेतासँग भेट तथा छलफल हुने पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।
राणा फागुन २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
राणा उहापचारकै क्रममा करिब तीन साता लामो समय भारत बसेर तीन दिनअघि मात्र नेपाल आएका थिए ।