काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभरको मौसम अहिले सफा रहेको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार काठमाडौं उपत्यकामा पनि मौसम सफा रहेको छ । न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको छ ।
भिजिबिलिटी भने केही घटेको छ । जम्मा ३ किलोमिटर रहेको छ ।
हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन । दिउँसो पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
देशको पश्चिमी पहाडी भूभागका १–२ स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।
यस्तो छ बिहीबार र शुक्रबारको पूर्वानुमान
बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पश्चिमी पहाडी भूभागका १–२ स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।
राती भने देशभर मौसम सामान्यतया सफा रहनेछ ।
शुक्रबार दिउँसो देशको पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
देशको पश्चिमी पहाडि भूभागका १–२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।
त्यस्तै राती देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।