हास्यकलाकार राजु श्रीवास्तवबारे दुखद खबर

काठमाडौं – कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य बारेमा दुखद खबर आएको छ । उनको अवस्था पहिलेको भन्दा खराब भएको बताइएको छ । उनको मस्तिष्क लगभग मृत अवस्थामा पुगेको छ।

राजुका प्रमुख सल्लाहकार अजित सक्सेनाले यो जानकारी दिएका छन् । उनले भने ‘अहिले हामी सबै भगवानको भरोसामा छौं, उनले केही चमत्कार गरुन् ।’

एम्समा भर्ना भएका राजु श्रीवास्तवको मामलामा यो खबर साँच्चै चिन्ताजनक छ। उनका प्रमुख सल्लाहकार अजित सक्सेनाका अनुसार आज बिहान चिकित्सकले राजुको मस्तिष्कले काम नगरेको जानकारी दिएका छन् ।

मस्तिस्क लगभग डेडको अवस्थामा छ । मुटुमा पनि समस्या छ । अजित सक्सेनाले भने ‘हामी सबै समस्यामा छौं। सबैले भगवानलाई प्रार्थना गरिरहेका छन्। परिवारका सदस्यले पनि केही बुझ्न सकेका छैनन् ।’

अगस्ट १० मा, राजु श्रीवास्तवलाई दिल्लीको होटल जिममा व्यायाम गर्ने क्रममा हृदयघात भयो। त्यसयता उनी दिल्लीको एम्समा भर्ना छन् । राजु श्रीवास्तवलाई पछिल्लो आठ दिनदेखि होश आएको छैन । उनको उपचारमा चिकित्सकको टोली निरन्तर लागिरहेको छ ।

बिहीबार बिहान अभिनेता शेखर सुमनले राजु श्रीवास्तवको स्वास्थ्य अपडेट दिएका थिए । राजुको अवस्था स्थिर रहेको उनले बताए । यद्यपि, पछिल्लो रिपोर्ट अनुसार, अब यो स्थिति छैन।

शेखर सुमनले ट्वीटरमा आफू हास्य कलाकार राजु श्रीवास्तवको परिवारसँग सम्पर्कमा रहेको बताएका थिए । उनले लेखेका छन्, ‘आजको अपडेटमा राजुको स्वास्थ्य अवस्था स्थिर रहेको छ । अझै बेहोस तर स्थिर। उनलाई निको हुन अझै एक साता लाग्नेछ । उनको शिघ्र स्वास्थ्य लाभको कामना।’

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको