काठमाडौं – जनता टेलिभिजनमा कार्यरत पत्रकार रुपक कुलालकी आमाको स्वास्थ्यमा गम्भिर समस्या देखिएको छ । कुलालकी ४० बर्षिय आमा बुद्दी कुलालको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
क्यान्सर सम्वन्धि रोगले पिडित उनको आर्थिक अवस्था निकै नै कमजोर रहेकाले उपचारमा समस्या उत्पन्न भएको कुलालले बताएका छन । उनकी आमाको तत्काल अप्रेसन गर्नुपर्ने तर अस्पतालमा डिपोजिट गर्नपर्ने आवस्यक आर्थिक अभाव हुँदा अप्रेशन रोकिएको कुलालको भनाई छ ।
उनले आफ्नी आमालाई बचाइदिन सबैसँग आग्रह गरेका छन । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै कुलालले आमाको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन देश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदी बहिनिहरूमा अपिल समेत गरेका छन ।
उनलाई आर्थिक सहयोग गर्न चाहाने महानुभावहरुले विभिन्न माध्ययमबाट पैसा पठाउन सकिने बताइएको छ । ग्लोवल आइएमई बैंक नयाँ बानेश्वर शाखामा रुकप कुलालको नाममा रहेको बैंक खाता नम्बरमा पैसा सिधै जम्मा गर्न सकिने छ भने उनको इसेवा आईडि मार्फत पनि रकम ट्रान्फर गर्न सकिने छ ।
पूरा विवरण
खातावालको नाम : Rupa Kulal (ग्लोवल आइएमई बैंक नयाँबानेश्वर शाखा)
खाता नम्बर : R507010004799
इसेवा आईडि : 9849443203
