काठमाडौं- कोरियाली सरकारले भिसा अवधि सकिएका नेपाली श्रमिकहरुलाई ३० दिनको भिसा अवधि थपिदिने निर्णय गरेको छ।
नेपाल सरकारले तत्कालका लागि कोरियाबाट आगमनमा रोक लगाउने निर्णय गरेपछि कोरियाली सरकारले बिहीबारदेखि नै ३० दिनको भिसा थप्ने निर्णय गरेको हो।
भिसा अवधि सकिएर बसेका कतिपय नेपाली श्रमिकहरुको बिहीदेखि थप्न सुरु समेत भएको कोरियास्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले बताए।
