आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दशौं स्मृती दिवस

काठमाडौं – नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज दशौं स्मृती दिवस हो ।

कोइरालाको आज भन्दा १० वर्ष अघि ०६६ साल चैत्र ७ गते निधन भएको थियो । मुलुकको चार पटक प्रधानमन्त्री भएका कोइराला गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री समेत थिए ।

कोइरालाको नेतृत्वमा तत्कालीन विद्रोही समूह नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको बिस्तृत शान्ति सम्झौता भएको थियो । कोइरालाकै अगुवाइमा ०६२/६३ मा दोस्रो जनआन्दोलन सफल भएको थियो ।

सशस्त्र युद्धमा रहेको तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरीजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । राजनितिक जीवनमा कोइरालाले पार्टी भित्र र राष्ट्रिय राजनीतिका बिषयमा लिने अडान र निर्णयबारे बिरोध समेत हुने गरेको थियो ।

उनी वि.सं. ०४८ जेठ १२ देखि ०५१ मंसिर १४, ०५५ वैशाख २ देखि ०५६ जेठ १७, ०५६ चैत्र ९ देखि २०५८ साउन ११ र २०६५ जेठ १५ देखि २०६५ भदौ २ सम्म गरि चार पटक प्रधानमन्त्री भएका थिए ।

कोइराला नेपाली काङ्ग्रेसका सभापति र सात राजनैतीक दलहरूको मोर्चाका नेता थिए । ६० वर्षभन्दा धेरै समय राजनीतिमा संलग्न भएका कोइरालाको जन्म १९८१ साल असार १८ गते भारत विहारमा भएको थियो । ०६६ साल चैत ७ गते उनको निधन भयो । नेपाली राजनितीमा कोइरालाको योगदान अतुलनिय रहेको छ ।

सिफारिस

बंगलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोडभन्दा बढी आम्दानी : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बंगलादेशमा विद्युत व्यापारबाट पाँच अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताउनु भएको छ । उर्जा मन्त्रालयमा...

तस्वीरमा हेर्नुस् लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको ‘प्राइड परेड’

काठमाडौं - काठमाडौंमा शनिबार (जेठ ३१) ‘प्राइड परेड’ आयोजना गरियो । लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको आयोजनामा रत्नपार्कस्थित शान्तिवाटिकामा भेला भएर र्‍यालीसहित नारायण चौरमा...

बङ्गलादेशमा विद्युत बेच्न सुरु, पाँच महिनामा डेढ अर्ब आम्दानी हुने

काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक ३०...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

तस्वीरमा हेर्नुस् लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको ‘प्राइड परेड’

काठमाडौं - काठमाडौंमा शनिबार (जेठ ३१) ‘प्राइड परेड’ आयोजना...

बङ्गलादेशमा विद्युत बेच्न सुरु, पाँच महिनामा डेढ अर्ब आम्दानी हुने

काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण...

सुनुवार भाषामा नयाँ गीत ‘टुङ्ना ताप्स्यो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं - नेपालको एक दुर्लभ र लोपोन्मुख भाषा मानिने...

राजनीतिको गेरु मोडेल र राजसंस्थाको पुनरावलोकन

गेरु सँग 'प्रेम' पनि छ ,डर पनि छ ।...

१५औं राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत उसु खेल सम्पन्न, बागमती प्रदेश प्रथम

काठमाडौं – १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड–२०८२ अन्तर्गत सम्पन्न...

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व...

धेरै पढिएको