सशस्त्र प्रहरीका पाँच एसएसपी डीआईजीमा बढुवा, को को परे ?

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ । बढुवा हुनेमा कृष्णभक्त ब्रम्हचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ई.किशोर प्रधान र राजेन्द्र बस्नेत छन् ।

बढुवा भएकाहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित विशेष समारोहमा दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो समारोहमा पदोन्नत्ति वृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै जेष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र इमान्दारिताको मूल्यांकन गर्र्दै पदोन्नत्ति गरिएको बताए ।

महानिरीक्षक खनालले अनुशासन तथा इमान्दारिता फौजको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्दै आ–आफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व वहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै मातहतलाई समेत अनुगमन तथा मार्गदर्शन गर्दै राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपत विपदमा उद्धार कार्यमा सकृय रहन निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल तुल्याउन आ–आफ्नो तहबाट सवैले योगदान पु¥याउनु पर्ने बताउँदै बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बलले सर्वोत्कृष्ट स्थान हासिल गरेको स्मरण समेत गरे ।

उनले सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरु व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामूहिक भावनाका साथ कार्यक्षेत्रमा निरन्तर कृयाशील रहनुपर्ने बताउँदै आम नागरिकलाई समान सेवा भावले सशस्त्र प्रहरी बल नेपालको सेवा सुरक्षा प्रदान गर्दै सकारात्मक सोचकासाथ संगठनको लक्ष्य प्राप्तीतर्फ उन्मुख रहन निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले भ्रष्टाचार, मानवअधिकारको हनन् र लैंगिक हिंसामा शून्य सहनशीलताको नीति अवलम्वन गरेको चर्चा गर्दै जनचाहाना अनुरुपको कार्यशैली अपनाई व्यावसायिक रुपमा कार्यसम्पादनमा कटिबद्ध रहन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको