दीपकले दीपालाई जन्मदिनको शुभकामना दिँदै यसो भनेपछि…

कलाकार दीपकराज गिरीले दीपाश्री निरौलाको जन्मदिन आफ्नै जन्मदिन जस्तो लाग्ने गरेको बताएका छन् । आज चलचित्र निर्देशकसमेत रहेकी निरौलालाई जन्मदिनको शुभकामना दिँदै गिरीले यस्तो बताएका हुन् ।

दीपासँगको सहकार्यको ३० वर्षा पुगेको स्मरण गर्दै दीपकले उनीसँगको सहकार्यले नै आफू दर्शकमाझ चर्चित बनेको बताएका छन् । उनले टेलिभिजनको सानो पर्दादेखि सिनेमासम्म दीपाको साथले यात्रा सहज भएको पनि दीपकले स्मरण गरेका छन् ।

उनले लेखेका छन् : हरेक बर्ष झै आजको दिन मलाइ कसै संग शब्दहरू सापटी माग्न मन लाग्छ किनकि मेरा स्मरणमा रहेका शब्दहरूले तिम्रो गुणगानको भारी बोक्न सक्दैनन् ! मेरा हातमा रहेका हरेक उपलब्धिहरूमा तिम्रो नाम कुंदिएको छ
हेर्दा हेर्दै ३० बर्ष पनि बितेछ !

तिमि धनियॉ बनेर आएकि थियौ र त रामबिलास घर घरमा चर्चित बन्न पुगेको थियो ! टेलिभिजनको सानो पर्दा हूदै सिनेमा सम्मको कठिन यात्रामा तिमि थियौ! म जस्तो अब्बहारिक मानिशलाइ जीबन सिकाउने तिमि थियौआफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुशि हुने मान्छे पनि तिमि थियौ !!

समाजका तीता प्रश्नहरूको पिडालाइ झेलेर लगातार साथ दिने पनि त तिमि नै थियौ !! यो तिमि भन्ने शब्द नभाको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र? त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन , मेरो जस्तो लाग्छ।

ह्याप्पी बर्थ डे टू यू होइन टू मी भन्न मन लाग्छ … आफ्नो ऑखामा ऑशुको भारी बोकेर अरूको ऑशु पुस्ने यस्तो अनमोल साथिलाइ जन्मदिनको लाखौ शुभकामना!!!

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको