कांग्रेसले भन्यो : कोरोना भाइरस विरुद्धको लडाईंमा सरकारसँगै छौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड —१९) विरुद्धको लडाईंमा सरकारसँगै रहेको जनाएको छ ।

कांग्रेसले कोभिड—१९ विरुद्धको सरकारले अघि सारेका रणनीतिहरुको पालना गर्ने प्रतिवद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना विरुद्धको लडाईंका लागि सरकार र प्रतिपक्ष नभनेर सबै एकजुट हुनुपर्ने बताए ।

शर्माले पार्टीको क्रियाशिल सदस्यता वितरण र नविकरणका कामहरु समेत पार्टीले तत्कालका लागि स्थगित गरेको बताए । चैत ९ गतेबाट चैत मसान्तसम्मका लागि सदस्यता वितरण र नवीकरणका काम रोकिएको उनले बताए ।

फागुन दोस्रो हप्ताबाट पार्टीका सांगठनिक कार्यक्रममा रोक लगाइएको उल्लेख गर्दै शर्माले कोरोनाको सचेतना अभियानमा सक्रियताका लागि पार्टी कार्यालय भने खुला रहने बताए । सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत ९ गतेबाट २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, १० गतेबाट लामो दूरीका यातायातका साधन बन्द गर्ने निर्णय गरिसकेको छ ।

यसैगरी १८ गतेसम्म सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवा समेत बन्द गर्ने निर्णय गरेको छ ।

सिफारिस

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। खेलमा घरेलु टोली नेपालले चीनलाई...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। हराभरा जंगल, जैविक विविधता, धार्मिक–सांस्कृतिक पहिचान र प्राकृतिक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा ऐतिहासिक पुलुकिसी नाच २०८२ आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। परापूर्वकालदेखि जात्राको रूपमा प्रदर्शन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा...

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

धेरै पढिएको