आजबाट अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द

काठमाडौं – अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आजबाट आगामी चैत २१ गतेसम्मको लागि बन्द गरिने भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सरकारले केही अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

आजबाट नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत १८ गतेसम्मको लागि स्थगित गरिएको छ । यस्तै भोलि चैत १० देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा समेत रोक लगाइएको छ । तर, केही अत्यावश्यक सेवा भने यसबीचमा पनि बन्द नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।

कोभिड–१९ को महामारीका बेला पनि टेलिफोन तथा इन्टरनेट सेवा,अस्पताल तथा स्वास्थ्य सेवा,होटल तथा रेष्टुराँ,पेट्रोलियम पदार्थको विक्री वितरण तथा ढुवानी,औषधि पसल,फोहोरमैला उठाउने काम र बैंक, बीमा कम्पनी तथा विद्युत सेवाहरु भने नियमित सञ्चालन हुनेछन् ।

यस्तै खानेपानीको विक्रीवितरण,दाल, चामल लगायतका दैनिक उपभोग्य सामग्रीको विक्रीवितरण,हुलाक सेवा,सञ्चारमाध्यम,मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा,आन्तरिक तथा सुरक्षा कार्यसँग सम्बन्धित सेवा र प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धी सेवा पनि सञ्चालनमा रहनेछन् ।

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको