संकटकाे बेला सहयाेग गराै व्यापार हाेइन

    
पृथ्वीमा भएका प्राणिहरुमा मानव एक चेतनशील ,विवेकशील र सर्वश्रेष्ठ प्राणीको रुपमा स्थापित रहेकाे छ ।

सर्वश्रेष्ठ कहलिएका मावन जाति नै कहिलेकाहि क्रुर , विवेकहीन तथा अचेतनशील भएकाे पनि देखेका छाै । यतिबेला संसारमा काेराेना भाइरसका कारण संत्रास फैलिएकाे छ । चाइनाकाे एक सहरबाट सुरु भएकाे (काेविट १९) काेराेना भाइरस हाल विश्वकाे १ सय ६५ भन्दा बढि देशमा फैलिसकेकाे छ । उक्त भाइरस संक्रमणका कारण चाइना लगाएत विश्भरका १५ हजार चानचुनले ज्यान गुमाइ सकेकाे छन् । भने लाखाैमा संक्रमित भएका छन् । यसरी भाइरसले महामारीको रुप लिइरहेका बेला यता ब्यापारी भने कसरी फाईदा कमाउने भन्ने धन्दामा लागेका छन् ।
त्यसै गरि अर्काे तिर भाइरस संक्रमणलाइ नियन्त्रणमा ल्याउनका लागि  एन्टीभाइरस तथा अाैषधि भने पत्ता लगाउन सकेकाे छैन । यसरी बुझ्दा मानव जीवनलाई मात्र हाेइन अाजकाे  विज्ञानलाइ पनि चुनाैति दि रहेकाे छ ।

यस्ताे जटिल तथा संवेदनशील अवस्थामा पनि मानिसहरु संवेलना तथा सहयाेगकाे भावनालाई मारेर विभिन्न बाहानामा कमाउ धन्दामा लागेकाे देख्दा भने मानिस भएको मानवीएता र संवेदना भन्ने चिज बाकी रहेनछ कि जस्ताे लाग्नदथालेकाे छ । संसारका जीवित प्राणी मध्ये  सजक ,सर्वश्रेष्ठ र बुद्दिमानी प्राणी भएर पनि आफ्नो प्रकृत्ती पद्दत गुणहरु बिर्सदै गएको छ । मानव जातिमा फस्टाउदै गएकाे स्वार्थी भावका कारण समस्त प्राणी जगत प्रकृतीलाइ नै ध्वस्सको बाटोमा डाहोर्याइ रहको छ ।  संकट,प्रकाेप, अापत्ति , बिपत्ती , महामारी जस्ता संवेदनशील कुराहरुमा पनि मनिसको संवेदना हराउदै जानू मानव सभ्यताका लागि साेचनिय कुरा हाे ।

यस्ताे किसिमकाे परिवेशमा आम नागरिकको जनजिविकाको आत्यावसक बस्तु दैनिक उपभाेग्य समाग्रिमा मूल्य वृद्धि ,प्लेन टिकट तथा सवारी साधनमा भाडा वृद्धि ,मेडिकल सामाग्रिमा कृतिम अभाव तथा पेट्रोलियम पदार्थमा कालाेबजारी गरेर नागरिकलाई सास्ती दिनुले मानवीएता र संवेदनशीलता हराएकाे महसुस गराउछ । यसरी भएकाे खुलेयाम संकटका बेलामा कालाेबजारी गर्ने , कृतिम अभाव सिर्जना गर्ने र ठगि गर्नेलाई सरकारले कारबाहीकाे दायरामा ल्याउन नसक्नु सरकारकाे लाचारीपन हाे । नागरिकको जनजीविकामा प्रत्येक्ष असर पर्ने गरि जनताका आधारभुत अधिकार हनन गर्ने लाई कारबाही गर्नु राज्यको दाइत्व हो । आत्याधिक कालो बजारी गर्ने व्यापारी र सेवा प्रदायक  कम्पनीलाइ यथासिघ्र कार्बाहिको दायरामा नल्याउने हो भने संकट माथि अर्को संकट थपिदै जान्छ र सामान्य नागरिक त्यस्काे ठुलाे मारमा पर्न सक्छ ।

त्यसकारण नागरिकको अधिकारकाे लागि सरकारले कुनै कदम नचालेमा नेपाल विद्यार्थी सघ आफ्नो अधिकार र कर्तव्यको प्रयोग गर्दै कालोबजारी,ठगि र कृतिम अभाव सिर्जना गरेर नागरिकलाई सास्ती दिनेका विरुद्ध सडकमा अाउने छ । यस्ता अपराधीक क्रियाकलााप गर्नेका विरुद्ध मैदानमा उत्रन बाध्य नबनाईयाेस । सम्बन्धित निकाएकाे यथासक्य ध्यान जायाेस ।
नेपालमा हाल सम्म कोरोना भाइस (काेवाेट 19)काे संक्रमण नदेखिए पनि हामी खतराभुक्त भने छैनाै । सबैले सावधानिका उपायहरु अपनाउन अावस्यक छ । सम्पुर्ण नेपाली आमाबुवा तथा दाजुभाइ दिदिबहिनीहरुमा सजकता अपनाउन र सुरक्षित रहनका लागि हार्दिक अनुरोध गर्दछु ।

सन्जिव ढकाल
नेपाल विद्यार्थी संघ ईकाइ सभापति
अार अार क्यापस काठमाडौ ।

सिफारिस

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर...

भर्खरै

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

धेरै पढिएको