भीडभाडसहित पत्रकार सम्मेलन नगर्न पत्रकार महासंघको अपील

काठमाडौं – नेपाल पत्रकार महासंघले सरकार वा सम्बन्धित कुनै पनि पक्षले भीडभाडसहित पत्रकार सम्मेलन नगर्न र आधिकारिक सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट समाचार वा सूचना प्रवाह गर्न आग्रह गरेको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा गहन जिम्मेवारी बोकेका पत्रकारहरुलाई सुरक्षित ढंगबाट काम गर्ने वातावरण निर्माण गर्न पनि आग्रह गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठ

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको र नेपालमा समेत कोरोना भाइरसको संक्रमित पुष्टि भएको सन्दर्भमा समाचार संकलन र सम्प्रेषणको गहन दायित्व बोकेका पत्रकारहरूलाई सुरक्षित ढंगबाट काम गर्ने वातावरण निर्माण गर्नुपर्ने विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यार्कषण भएको छ ।  सरकार र सम्बन्धित पक्षले कुनै पनि समाचार वा सूचना प्रवाह गर्न भिडभाडसहितको पत्रकार सम्मेलन नगरी आधिकारिक सामाजिक सञ्जाल, संचारमाध्यम वा प्रेस विज्ञाप्तिको माध्यमबाट गर्न महासंघ आग्रह गर्दछ । पत्रकार सम्मेलन गर्नै परे पूर्वसतर्कताका सम्पूर्ण उपायहरु अवलम्बन गर्न आग्रह गर्दछ । साथै, महासंघ पत्रकार र संचारमाध्यमले पनि आफूलाई पूर्ण सुरक्षित राख्दै आधिकारिक रुपमा पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्न आग्रह गर्दछ । भ्रमपूर्ण र अफवाह फैलने कुनै पनि सामग्री संप्रेषण नगर्न महासंघ आग्रह गर्दछ ।

रमेश विष्ट महासचिव

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको