भीडभाडसहित पत्रकार सम्मेलन नगर्न पत्रकार महासंघको अपील

काठमाडौं – नेपाल पत्रकार महासंघले सरकार वा सम्बन्धित कुनै पनि पक्षले भीडभाडसहित पत्रकार सम्मेलन नगर्न र आधिकारिक सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट समाचार वा सूचना प्रवाह गर्न आग्रह गरेको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा गहन जिम्मेवारी बोकेका पत्रकारहरुलाई सुरक्षित ढंगबाट काम गर्ने वातावरण निर्माण गर्न पनि आग्रह गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठ

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको र नेपालमा समेत कोरोना भाइरसको संक्रमित पुष्टि भएको सन्दर्भमा समाचार संकलन र सम्प्रेषणको गहन दायित्व बोकेका पत्रकारहरूलाई सुरक्षित ढंगबाट काम गर्ने वातावरण निर्माण गर्नुपर्ने विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यार्कषण भएको छ ।  सरकार र सम्बन्धित पक्षले कुनै पनि समाचार वा सूचना प्रवाह गर्न भिडभाडसहितको पत्रकार सम्मेलन नगरी आधिकारिक सामाजिक सञ्जाल, संचारमाध्यम वा प्रेस विज्ञाप्तिको माध्यमबाट गर्न महासंघ आग्रह गर्दछ । पत्रकार सम्मेलन गर्नै परे पूर्वसतर्कताका सम्पूर्ण उपायहरु अवलम्बन गर्न आग्रह गर्दछ । साथै, महासंघ पत्रकार र संचारमाध्यमले पनि आफूलाई पूर्ण सुरक्षित राख्दै आधिकारिक रुपमा पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्न आग्रह गर्दछ । भ्रमपूर्ण र अफवाह फैलने कुनै पनि सामग्री संप्रेषण नगर्न महासंघ आग्रह गर्दछ ।

रमेश विष्ट महासचिव

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको