काठमाडौँ – इटाली र अमेरिकापछि कोरोनाले स्पेनमा ताण्डप मच्चाइरहेको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या ४२ हजार नाघेको छ । त्यस्तै मंगलबार मात्रै ६८० जनाको मृत्यु भएको छ । हालसम्म भाइरसका कारण २९९१ जनाको मृत्यु भएको छ ।
मंगलबार मात्रै स्पेनमा झण्डै सात हजार नयाँ संक्रमित फेला परेका छन् । यति धेरै संक्रमित एक दिनमा नै फेला परेको र संक्रमितहरुको ज्यान गएको यो पहिलो घटना हो ।
मिडिया रिपोर्टका अनुसार स्पेन पनि कोरोना भाइरसका कारण थलिएको छ । स्पेनमा औषधिको चरम अभाव भएको छ ।
स्पेनिस सरकारले अन्य देशसँग सहयोगको अपेक्षा गरेको छ । औषधि अभावका कारण पछिल्लो समय मर्नेहरुको संख्या उच्च रहेको अधिकारीहरुले जनाएका छन् ।