‘लकडाउन’ को समयमा पनि बैंक तथा वित्तीय संस्था केहि घण्टा खुल्ने

काठमाडौँ — सरकारले आह्वान गरेको ‘लकडाउन’ को समयमा पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । तर निश्चित स्थानका शाखामार्फत सीमित बैंकिङ सेवा (नगद कारोबार मात्र) प्रदान गरिने बैंकहरुले बताएका छन् ।

 

 

‘मंगलबार पनि बैंकहरुले सेवा दिइरहेका छन्,’ उनले भने, ‘केही जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले नै बन्द गर्नू भनेपछि बन्द छन् । बा“की सबै जिल्लामा बैंकहरुले सीमित सेवा दिइरहेका छन् ।’ बैंकहरुका सबै स्थानका शाखा नखुल्ने भएकाले सम्भव भएसम्म एटीएम, मोबाइल, इन्टरनेटलगायत विद्युतीय माध्यमबाट कारोबार गर्न पनि बैंकहरुले आग्रह गरिरहेका छन् । ‘सबै बैंकलाई एटीएममा पैसा रिफल गर्न भनेका छौं,’ उनले भने ।

यो अप्ठ्यारो अवधिमा कर्मचारीको सेवा दिने कर्मचारीको व्यवस्थापन गर्न सबै बैंकले सवारी पास निकालिसकेको पनि दाहालले बताए । ‘हरेक बैंकले न्यूनतम ३-४ वटा पास निकालेका छन्,’ उनले भने, ‘आलोपालोअनुसार कर्मचारी व्यवस्थापन गरी सेवा दिन्छौं ।’ घरबाहिर निस्कँदा जोखिम हुने भएकाले अत्यावश्यक अवस्थामा बाहेक ग्राहकलाई बैंकमा नआउन आग्रह गरिएको उनको भनाइ छ । काठमाडौं उपत्यकालगायत प्रमुख सहरमा एक÷दुई शाखा खुले पनि अन्य स्थानमा निश्चित समय (घण्टा) मात्र बैंक खुला रहने दाहालले जानकारी दिए ।
बैंक अत्यावश्यक सेवामै भर्ने भएकाले सेवा नरोक्न निर्देशन दिइएको कामु गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ‘सम्भवतः बुधबार बैंक कसरी सञ्चालन गर्ने, कस्ता सेवा दिनेलगायत विषयमा केही निर्देशन दिन सकिन्छ,’ उनले भने, ‘संकटको अवस्था भएकाले सम्भव भएसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न अनुरोध गर्छु ।’

राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा बढाएको छ । अब मोबाइल बैंकिङ ‘क्यूआर’ कोडमार्फत दैनिक १ लाखसम्म कारोबार गर्न सकिनेछ । मासिक सीमा १० लाख छ । मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन १० लाख रुपैयाँ छ । महिना दिनमा ३० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिन्छ ।
(कान्तिपुर दैनिकबाट)

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको