‘लकडाउन’मा समस्या पर्यो ? ११८० मा फोन गर्नुहोस्

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले निषेधाज्ञा जारी गरेपछि राजधानी काठमाडौं ‘सेल्फ क्वारेन्टाइन’मा छ । सर्वसाधारण घरबाहिर निस्किएका छैनन् । अत्यावश्यक काममा बाहेक सवारीसाधन गुडेका छैनन् । तर, यस्तो वेला कुनै समस्या परे कसलाई, कसरी सम्पर्क गर्ने ? भन्ने जनकारी नहुन सक्छ । त्यस्तै, जिज्ञासा र समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले हटलाइन टेलिफोन सेवा सुरु गरेको छ ।

महानगरले सर्वसाधारणको सुविधाका लागि हटलाइन नम्बर ११८० सञ्चालनमा ल्याएको हो । यस्तै, कोरोनासँग सम्बन्धित जानकारी वा परामर्श आवश्यक परे मोबाइल नम्बर ९८४९८५६६७१, ९८४९८५६६७२ र ९८४९८६०५४७ मा समेत सम्पर्क गरेर जानकारी लिन सकिने महानगरपालिकाकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केले जानकारी दिइन् । महानगरले हटलाइन सञ्चालनमा ल्याए पनि देशभरबाट सोधपुछका लागि फोन आइरहेको छ ।

दैनिक सयौँको संख्यामा फोन गर्ने सर्वसाधारणले कोरोना भाइरसको प्रारम्भिक संक्रमणका लक्षण, रोकथाम, औषधोपचार, अन्य सेवा, निषेधाज्ञाको अवधिमा गर्न मिल्ने र नमिल्ने कार्यलगायत विषयमा सोधेका छन् । समस्या र सूचनाका लागि फोन गर्नेहरूलाई जनस्वास्थ्य अधिकृतसहितको विज्ञको टोलीले २४सैँ घन्टा समस्या समाधानका उपाय र परामर्श गरिरहेको जनस्वास्थ्य अधिकृत मास्केले बताइन् ।

सतर्क रहन मेयर शाक्यको अपिल

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरसको महामारीबाट बच्न र बचाउन सार्वजनिक अपिल गरेका छन् । मेयर शाक्यले कुनै पनि समस्या परे सहयोगका लागि आफू, महानगरपालिकाका सबै जनप्रतिनिधि र सिंगो टिम तयार रहेको बताएका छन् । सरकारले जारी गरेको निषेधाज्ञालाई इमानदारीपूर्वक पालना गर्न र कोरोना संक्रमण फैलिन नदिन उनले आग्रह गरेका छन् ।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको