काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा कीटनाशक औषधि छर्कन थाल्यो

काठमाडौं – लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको काठमाडौँ महानगरपालिकाले आजबाट महानगर क्षेत्र भित्र अस्पतालसहितका सार्वजनिक स्थानलाई (डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरिएको महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । १ हजार लिटर पानीमा १० लिटर क्लोरिन झोल (४ हजार लिटरको जेट मेसिनमा ४० लिटर) को मिश्रण तयार गरेर छर्किन थालिएको हो । आज ४ हजार लिटर क्षमताका ३ वटा जेट मेसिन प्रयोग गरिएका छन् ।

यो भीड गर्ने समय होइन तर अस्पताललगायत केही सार्वजनिक स्थानमा मानिसहरुको आवतजावत हुन्छ । हामी व्यक्ति—व्यक्तिमा हुन सक्ने संक्रमण रोकथाम गर्ने प्रयास गर्दैछौं, मेयर शाक्यले थप्दै भन्नुभयो — अहिले सरुवा रोग अस्पताल टेकुमा बिरामी र उनीहरुका आफन्तहरु आउने गरेको छन् । त्यस अस्पताल क्षेत्रलाई जीवाणु, कीटाणुरहित बनाउन जरुरी छ । उहाँले भन्नुभयो — ‘अस्पतालसहित दैनिक उपभोग्य बस्तु लिन जाने ठाउँहरु, वीरअस्पताल, भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा आजबाट कीटनाशक औषधी छर्कन थालिएको हो । हामी सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडकलाई पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ ।’

‘महानगवासीलाई खाद्यान्नको समस्या हुन नदिन स्थानीय प्रशासनसँग सहकार्य भइरहेको छ ।’ जनजीवन व्यवस्थापनका बिषयमा कुरा गर्दै मेयर शाक्यले भन्नुभयो — ‘यो विश्वव्यापी संक्रमणको बेला हो । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट सकर्तता र संयमता अपनाउनु पर्छ । कोही भोको पर्दैन, कोही भोकले मर्दैन हामीले यसअघिको सामान्य अवस्थामा पनि सञ्चालन गरेको अभियान हो ।

यस जोखिमपूर्ण परिस्थितिमा आपतमा परेकालाई हाम्रो साथ रहन्छ ।’ उहाँले त्यस्तो कुनै पनि समस्या आए तत्काल जनप्रतिनिधिलाई खवर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताउनुभयो ।
संक्रमण व्यवस्थापन गर्न नियमित र सक्रियतापूर्वक काम गर्ने प्रमुख शाक्यको भनाइ छ ।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको