काठमाडौं महानगरले आज १० ट्याङ्गकर बढी कीटनाशक औषधि छर्किदै

काठमाडौं – सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन महानगरले कीटनाशक औषधि छर्किने कामलाई तीब्र बनाएको छ । यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरे । तीनवटामध्ये एउटा बबरमहल — बानेश्वर — तीनकुने — सिनामंगल क्षेत्रमा खटिएको थियो भने अर्को जमल — लाजिम्पाट — पानीपोखरीहुँदै महाराजगञ्ज् क्षेत्रसम्म पुगेको थियो । अर्कोलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको थियो ।

नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार आज दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट््याङ्कर परिचालन गरिनेछन् । ४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने आजको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ ।
बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको उहाँको भनाइ छ ।

हिजो वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छर्किएको थियो । यससँगै बु्रमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको छ ।

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको