नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले ६ अर्वको डल्लो बजेट वितरणमा रजगज गरेको र अनियमिततामा संलग्न सुदुरपश्चिम प्रदेशको सरकार गरिब जनता माथी लाठी बर्साउनु भन्दा त्यो छ अर्ब रुपैया, लकडाउनका कारण हात मुख जोर्न समस्या भएका जनताका लागि राहत प्याकेज उपलब्ध गराउन आग्रह गरेका छन् ।
नेता महरले कोरोना संक्रमित विश्वभरका देशले जनताका लागि विभिन्न प्याकेज र राहत घोषणा गरिसक्दा पनि यहाँको सरकार छाक टार्न समस्यामा परेका नेपाली जनताका लागी यथाशक्य छिटो विशेष प्याकेज ल्याउन किन उदासीन देखिन्छ भन्दैं प्रश्न गरेका छन् ।
आमा–बाबु घरभित्र लकडाउन हुँदा जनताको अभिभावक त सरकार नै होईन र ?, नेता महरले थप प्रश्न गर्दै अगाडी भनेका छन् । छिमेकी भारतले लकडाउन भएपछि दैनिक गरिब, ज्यालामजदुरी गरे छाक छार्ने जनताका लागि विभिन्न आकर्षक राहतका कार्यक्रमहरु ल्याईरहदा नेपाल सरकार जनताप्रति नबनेको भन्दैं नेता महरले आपत्ति प्रकट गरेका छन्।
